LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । चलचित्र विकास बोर्डविरुद्ध आन्दोलन गर्न बाध्य भएको भन्दै देशभरका फिल्म हल व्यवसायी आज बुधबार काठमाडौंमा भेला भएका छन् ।दिउँसोदेखि संघको केन्द्रीय कार्यालयमा हुने भेलाले बोर्डविरुद्ध आन्दोलनको स्वरुप तय गर्ने जनाइएको छ । महासचिव नरेन्द्र महर्जनले राष्ट्रिय भेलाले बोर्डविरुद्ध आन्दोलनको तयारी गर्ने बताए ।काठमाडौं उपत्यकासहित जिल्लाबाट समेत ८० भन्दा बढी हल सञ्चालक काठमाडौंमा भेला भएका हुन् । बोर्डले अनावश्यक बहानामा दुःख दिएको र वितरक तथा प्रदर्शकलाई व्यवसायबाटै विस्थापित गर्ने मनसायको क्रियाकलाप गर्दै आइरहेकाले आन्दोलनमा उत्रिन बाध्य हुनुपरेको संघले जनाएको छ ।भेलाको पूर्वसन्ध्यामा बोर्ड अध्यक्ष भुवन केसीले वार्ताका लागि संघलाई पत्र पठाए पनि संघले भने आउन नसकिने जवाफ दिएको छ ।

‘बोर्डको पत्र पाएका थियौं तर हामी गएनौं । भेलाले गर्ने निर्णयअनुसार हामी अघि बढ्छौं,’ संघका एक सदस्यले अनलाइनखबरसँग भने ।एक साताअघि नै फिल्म सेन्सर गर्नुपर्ने, १० बजेपछि फिल्म देखाउन नपाइने र विश्वकप फुटबल देखाउन अवरोध गरेकोसहित सिंगल स्क्रिनका समस्यालाई लिएर प्रदर्शकको छाता संस्था बोर्डविरुद्ध असन्तुष्ट छ ।नेपाली फिल्म नचलेको र अवतार स् द वे अफ वाटर देखाउन नमिल्ने भएकाले अहिले सिंगल स्क्रिनहरु बन्दकै अवस्थामा रहेको भन्दै यसतर्फ पनि बोर्ड आक्रोशित छ ।भेलाले गर्ने निर्णयअनुसार हामी अघि बढ्छौं,’ महासचिव महर्जनले भने, ‘बोर्डले पटकपटक दुःख दियो र अब हामी वार्ताको नाममा अलमलिने पक्षमा छैनौं ।’

सम्बन्धित खबर