LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । भारतीय अभिनेता सोनु सुदले नेपाली नयाँवर्ष २०८० को छेकोमा नेपाल भ्रमण गर्ने भएका छन् । उनको नेपाल भ्रमण पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले हुन लागेको व्यवसायी पुनम यादवले जानकारी दिइन् ।यादवकै पहलमा नेपाल आएका बलिउड अभिनेता विवेक ओबराय १० दिन नेपाल घुमेर शनिबार स्वदेश फर्किसकेका छन् । ‘नेपाली नयाँवर्ष छेकोमा आउने निश्चित भएको छ । डेट कन्फर्म उहाँले नै गर्नुहुन्छ,’ यादवले अनलाइनखबरसँग भनिन् ।‘हाम्रो उद्देश्य भारतीय सेलिब्रिटीलाई नेपालमा बोलाएर सकेसम्म नेपालको पर्यटन प्रवद्र्धन गर्ने हो,’ यादवले भनिन्, ‘नेपालमा पनि नयाँ सरकार बनेकाले सरकारसँग मिलेर काम गर्न सकिन्छ कि भन्ने हामीलाई लागेको छ ।’बलिउड अभिनेता अमिताभ बच्चन, गायक अरजित सिंहजस्ता बलिउड स्टारलाई पनि नेपाल ल्याउनेतर्फ पनि आफूहरुले योजना बनाइरहेको उनले जानकारी दिइन् । ‘यो सुरुवात मात्र हो,’ उनले भनिन् ।

सम्बन्धित खबर