LIVE
सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा |

काठमाडौं । गण्डकी प्रदेशका युवा तथा खेलकुदमन्त्री दीपक मनाङे फिल्म ‘हात्तीछाप’को निर्माता बन्ने भएका छन् । दयाहाङ राई र सौगात मल्लको अभिनय रहने फिल्मलाई मनाङेले निर्माण गर्ने टुंगो लागेको हो ।सिमोस सुनुवारले निर्देशन गर्ने यो फिल्मको छायांकन चैतदेखि पाल्पा र काठमाडौंमा गर्ने तयारी छ । एक्सन थ्रिलर फिल्ममा पुष्कर गुरुङ, बुद्धि तामाङ र प्रकाश घिमिरेको समेत अभिनय हुनेछ ।निर्माताको रुपमा हात्तीछाप मनाङेको चौथो प्रोजेक्ट हुनेछ । यसअघि उनले फिल्म वान वे, पोइ पर्‍यो काले र दुई नम्बरी निर्माण गरेका छन् । दुई करोड रुपैयाँ बजेटमा बन्ने हात्तीछाप निर्माणमा मनाङेले व्यवसायी अमलादेवी राईसँग सहकार्य गर्नेछन् ।तेस्रो प्रोजेक्टमा हामी उहाँसँग सहकार्य गर्दैछौं,’ प्रस्तुतकर्ता किरण नेपालीले भने, ‘यो सहकार्य अझै मजबुत हुनेछ भन्ने हाम्रो आशा छ ।’ यी दुईको सहकार्यमा बनेको दुई नम्बरी वर्ष २०७९ को हिट फिल्म हो भने पोइ पर्‍यो कालेले मनाङेलाई निर्माताको रुपमा स्थापित गरेको थियो ।

सम्बन्धित खबर