LIVE
भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु | वनजंगलमा अनियमितता रोक्न अभियानद्घारा काँग्रेस सभापति थापालाई खुलापत्र | बुद्धजयन्तीमा प्रधानमन्त्री शाह लुम्बिनी जाने, सम्बोधन नगर्ने | पर्साका विभिन्न स्थानको अतिक्रण हटाईदै, गण्डक नहर क्षेत्रमा सात सयभन्दा बढी संरचना हटाइयो | उद्योगी शेखर गोल्छा काठमाडौंबाट पक्राउ |

काठमाडौं । ब्लकबस्टर वर्ष २०२२ पछि कार्तिक आर्यन आफ्नो आगामी फिल्म ‘शहजादा’मार्फत दर्शकलाई मनोरञ्जन दिलाउन तयार छन् । गत महिना यी अभिनेताको जन्मदिनमा सार्वजनिक गरिएको फिल्मको फस्टलुकले दर्शकलाई झनै कौतुहल तुल्याएको छ । कार्तिक यो फिल्मबाट आधिकारिक रुपमा निर्माता पनि बनेका छन् ।शहजादा’को रिमेकमा कृति सेनन र मनिषा कोइराला पनि फिचर्ड छन् । मनिषाले कार्तिकसँग सुटिङको अनुभवको बारेमा खुलाइन् र उनको प्रशंसा गरिन् । ‘मलाई लाग्छ कार्तिक आर्यन धेरै प्रतिभाशाली, मेहनती र नम्र व्यक्ति हो । उसले क्यारेक्टर बुझ्छ र केही नयाँ ल्याउँछ । मलाई उसले बनाएका फिल्मको छनोट पनि मनपर्छ ।

उद्योगमा उसको भविष्य उज्वल छ ।’आगामी फिल्मको बारे कुरा गर्दै उनले भनिन्, ‘मैले शहजादालाई पहिले नै साइन गरेको थिएँ र यो ठूलो कमर्सियल सेटअप हो । हामी यसलाई फेब्रुअरीमा रिलिज गर्दैछौं । यसले राम्रो आकार लिएको छ । त्यसैले म रिलिजको लागि पर्खिरहेको छु ।’कार्तिक, कृति र मनिषाले फेब्रुअरी १० मा ‘शहजादा’ रिलिजसँगै बक्स अफिसमा जादू सिर्जना गर्ने आशा गरेका छन् । कार्तिक आर्यनसँग फिल्मको एक रोचक लाइनअप पनि छ जसमा ‘आशिकी ३’, ’सत्यप्रेम की कथा’, ’क्याप्टेन इण्डिया’ र कबीर खानको अनटाइटल नेक्स्ट समावेश छन् ।

 

सम्बन्धित खबर