LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । पाककलामा आधारित टेलिभिजन रियालिटी शो ‘सेफ नेपाल’को छायांकन जनकपुरदेखि सुरु भएको छ । प्रसिद्ध जानकी मन्दिरमा दर्शन गर्दै शोको छायांकन सुरु भएको हो ।निर्माता धर्मराज पाण्डे, सेफ सन्तोष शाह, गणेश ढकाल र भान्से लक्ष्मण भण्डारीसहितले मन्दिरमा पूजाअर्चना गर्दै छायांकन सुरु भएको हो ।सेफ सन्तोष शाह तथा अन्य सेफको परिचय भिडियो छायांकन सुरु भएको जानकारी निर्माता पाण्डेले दिए । प्री-अडिसनबाट छनोट भएका प्रतियोगीको अभिमुखीकरण र भिडियो कभरेज पनि थालिएको छ । ओरिएन्टेसनसँगै लाइभ अडिसनको सुटिङ समेत अघि बढेको छ भने चैत महिनादेखि शो प्रसारण हुने भएको छ ।

पुसमा छायांकन सेट सार्वजनिक भएको थियो । शोमा १८ एपिसोड हुनेछ । एकसय प्रतियोगीले शोमा प्रतिस्पर्धा गर्नेछन् । विजेताले २५ लाख रुपैयाँ प्राप्त गर्नेछन भने १० लाख भन्दा बढीको उपहार दर्शकले क्विज सेग्मेन्ट मार्फत प्राप्त गर्ने छन ।शोले मनोरन्जन, नेपाली खानाको ज्ञान, खाना पस्कने कला लगायतका बिषयलाई समेट्ने जनाइएको छ । मुलुकको गेस्ट्रोनोमि टुरिजमलाई समेत यसले टेवा पुग्ने आशा निर्माताले लिएका छन् । यो कार्यक्रम हिमालय टेलिभिजनमा प्रसारण हुनेछ ।

सम्बन्धित खबर