LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

काठमाडौं । नेपाली फिल्म ‘फूलबारी’ दोस्रो शुक्रबार पनि घरेलु बक्स अफिसको शीर्षस्थानमा देखिएको छ । शुक्रबार रिलिज भएका दुई विदेशी फिल्म बलिउडको ‘सेल्फी’ र जापानको ‘सोर्ड आर्ट’भन्दा विपिन कार्की स्टारर फिल्म ओपनिङ अकुपेन्सीको आधारमा अगाडि देखिएको हो ।शुक्रबार देशव्यापी ‘फूलबारी’को अकुपेन्सी ५० प्रतिशत हाराहारीमा रहँदा ‘सेल्फी’को अकुपेन्सी २० प्रतिशत पनि छैन । ‘सोर्ड आर्ट’ क्यूएफएक्ससहितका सीमित मल्टिप्लेक्समा रिलिज भएपनि यसको अकुपेन्सी दुई अंक पनि छैन । पहिलो साता उत्कृष्ट कमाइ गरेको फूलबारीले सकारात्मक वर्ड अफ माउथको मद्दतमा दोस्रो शुक्रबार पनि बक्स अफिसमा शीर्ष स्थान बनाएको हो ।

पहिलो साता रामबाबु गुरुङ निर्देशित ‘फूलबारी’ले देशव्यापी तीन करोड हाराहारीमा ग्रस कलेक्सन गरेको विवरण वितरक गोविन्द शाहीले उपलब्ध गराएपनि निर्माताले औपचारिक रुपमा कमाइबारे सार्वजनिक गरेका छैनन् । पहिलो साता लगातार तीनवटा सार्वजनिक बिदा भएकाले पनि पनि फिल्मले उत्कृष्ट कमाइ गरेकोमा दुईमत छैन ।अक्षय कुमार र इमरान हासमीजस्ता स्टारहरु फिल्ममा हुँदाहुँदै पनि सेल्फीको ओपनिङ नेपाली बक्स अफिसमा निराशाजनक देखियो । आईएनआई सिनेमाजका निर्देशक सुरेन्द्र थापाले नयाँ रिलिजभन्दा फूलबारीको अकुपेन्सी माथि रहेको बताए । वान सिनेमाजका प्रमुख प्रज्ज्वल राणाले पनि फूलबारीको अकुपेन्सी सेल्फी र सोर्ड आर्टभन्दा माथि देखिएको बताए ।
पारिवारिक फिल्म भएकाले पनि फूलबारीलाई सबै उमेर समूह र वर्गका दर्शकले रुचाइरहेका छन् । फिल्ममा विपिन कार्कीले अवकाशप्राप्त सरकारी शिक्षकको भूमिका निर्वाह गरेका छन् भने अरुणा कार्कीले उनकी धर्मपत्नीको भूमिका निर्वाह गरेकी छन् । फिल्ममा प्रियंका कार्की र दयाहाङ राईको पनि मुख्य भूमिका छ ।फिल्मले पहिलो साता आकर्षक कमाइ गरेपछि अनलाइनखबरसँग कुरा गर्दै अभिनेता कार्कीले आफ्नो करिअरमा यो फिल्मले महत्वपूर्ण अर्थ राख्ने बताए । ‘सबै जनाले प्रशंसा गरिरहनुभएको छ । मलाई पनि मन परेको फिल्म हो,’ उनले भने । फिल्ममा विपिन ६० वर्षीय पुरुषको भूमिकामा प्रस्तुत छन् ।

सम्बन्धित खबर