LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । गल्फ समाज संस्थाले आज १५ दिने मिथिला मध्यमिकी परिक्रमा अन्तर्गत अन्तरगृह परिक्रमा सहभागि गरिब विपन्न श्रद्धालु भक्तजनहरुलाई मुरही, चुरा र सकर (मिठा) वित्तरण गरेका छन् ।
गल्फ समाज संस्थाले जनकपुरधाम–७ स्थित कब्रिस्तान चोकमा स्टल राखेर अन्तरगृह परिक्रमा सहभागि गरिब विपन्न लगायतका श्रद्धालु भक्ताजनहरुलाई २ क्वीन्टल मुरही, २ क्वीन्टल चुरा र ५० किलो सकर वित्तरण गरेको छ । संस्थाका अध्यक्ष अब्दुल मनान राईनले परिक्रमा सहभागि श्रद्धालु भक्तजनहरुलाई औषधी समेत वित्तरण गरिएको बताए । एक अर्का धर्मप्रतिको सम्मान तथा आपसी भाईचारा समाजमा शान्ति र मुलुकको विकास तर्फ अगाडी बढाउछ, अध्यक्ष राईनले भने,‘ म र हाम्रो संस्थाको टिमले विहानैदेखि यहाँ स्टल राखेर श्रद्र्धालुभक्तजनहरुको सेवामा खटेका छौ ।

स्टलमा आउने श्रद्र्धालुभक्तजनहरुलाई मुरही, चुरा, सकर दिन्छौ । जसलाई औषधीको आवश्यकता छ, उनीहरुलाई औषधी पनि दिन्छौ । खुट्टा सुचेका श्रद्र्धालु भक्तजनलाई मलहम पनि लगाई दिने गरेका छौ ।’
नेता तथा समाज सेवि हकिम राईनको अगुवाई गल्फ समाज संस्थाले गरिब विपन्न श्रद्र्धालु भक्तजनहरुमा राहत वित्तरण गरेर समाजमा आपसी भाईचाराको सन्देश दिएको छ । समाजसेवि राईनले भने,‘यो पहिलो पटक होईन, मैले प्रत्यके वर्ष पक्रिमामा सहभागि गरिब विपन्न तथा आवश्कता भएका श्रद्र्धालु भक्तजनहरुलाई विभिन्न संस्थाहरुको माध्यले सहयोग गर्दै आएको छु । र यो जीवन जव सम्म रहन्छ, यस्ता कार्यमा संलग्न रहन्छु ।’

 

सम्बन्धित खबर