LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । यसवर्षको महामूर्खको उपाधि जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साहलाई प्रदान गरिएको छ ।
पर्व होलीको अवसरमा जनकपुरका मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अन्तर्गत यस वर्षको महामूर्खको उपाधि मेयर साहलाई दिएको हो ।
मेयर साहसँगै मिनापले अन्य १२ जनालाई पनि विभिन्न उपाधिहरु दिइर सम्मान गरेको छ । यसवर्ष महोत्तरीको मटिहानी नगरपालिकाका नगरप्रमुख हरिप्रसाद मण्डललाई वैशाखनन्दन,सञ्चारकर्मी ऋषि धमलालाई पटमुर्ख, सञ्चारकर्मी वीरेन्द्र रमणलाई सोटाचन्द, तमलोपा नेतृ विभा ठाकुरलाई गन्धपसारैन, पूर्वखेलाडी अरुण लाल कर्णलाई खबसुरता, याज्ञवल्क्य संस्कृत माध्यमिक विद्यालयका प्रधानाध्यापक संजय झालाई लोढाशंकर, व्यवसायी बलराम साहलाई बज्रसोटा, अधिवक्ता रेखा झालाई मनटुटिया, इन्जिनियर रत्नेश्वरलाल कर्णलाई डपोरशंख, कवियत्री किरण झालाई टुनमुसरी, मधेस प्रदेशको वन मन्त्रालयका कर्मचारी लालबाबु यादवलाई हराशंख र मोनाष्टिक माध्यमिक विद्यालयका निर्देशक डा. सोनुकुमार साहलाई बज्रकिटको उपाधि दिएको छ ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर