LIVE
सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा |

काठमाडौं । चार वर्षअघि रिलिज भएको प्रकाश सपुतको गीत ‘बोल माया’ले मोडल अञ्जली अधिकारीलाई एकाएक चर्चामा ल्यायो । अन्य केही हिट म्युजिक भिडियोमा पनि उनले काम गरेकी छन् । यतिबेला उनलाई फिल्म खेल्नको लागि अफरहरु आइरहेका छन् । तर फिल्ममा साइन गरेकी छैनन् ।

हालैको एक कुराकानीमा उनले आफूलाई चार-पाँचवटा फिल्मबाट अफर आइरहेको र पात्रबारे चित्त नबुझेको बताइन् । शंकर बीसीदेखि गोपीकृष्ण मुभिजले समेत आफूलाई अफर गरेको उनले खुलाएकी छिन् । तर कुनै प्रस्ताव पनि उनलाई चित्त बुझेन । किन त ? अञ्जलीको तर्क छ,  ‘मलाई बरु चप्पल पड्काएर हिंड्ने क्यारेक्टर होस् तर चुइँगम पड्काएर हिंड्ने क्यारेक्टर नहोस् भन्ने लाग्छ ।’

तर आफूलाई आएका प्रस्तावहरु चुइँगम पड्काउने टाइपका भएको उनको तर्क छ । ‘मलाई न्याचुरल चीज मन पर्छ । फिल्ममा कहानी नै भएपनि, मलाई सुहाउने होस् । रमाइलो, डान्स, स्याड र कमेडी जस्तो भएपनि हुन्छ तर छोटो-छोटो कपडा लगाएर चुइँगम पड्काउने चाहिं नहोस् क्या ।’

उनी अगाडि भन्छिन्, ‘त्यही भएर मैले चप्पल पड्काउने क्यारेक्टर खोजिराखेकी हुँ । त्यस्तो खालको क्यारेक्टर आइसकेको छैन । बाहिर सुट हुने मोर्डन टाइपको आएका छन् । एक्टर भइसकेपछि सबैखाले रोल गर्नुपर्छ तर मैले खोजेको त्यस्तो हो ।’ अहिलेसम्म आफूले ६०० जति म्युजिक भिडियो गरेको उनले बताएकी छन् ।

सम्बन्धित खबर