LIVE
धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड |

काठमाडौं । मिस नेपाल २०२३ को देशव्यापी अडिसन सकिएको छ । इटहरीदेखि सुरु अडिसन आइतबार काठमाडौंमा आयोजना भयो । सातै प्रदेशमा भएका अडिसनमा २५० जनाले आवेदन दिएको द हिडन ट्रेजरले जानकारी दिएको छ ।तीमध्येबाट २७ जना छानिनेछन् । उनीहरुलाई बुधबारदेखि सुरु हुने तालिममा सहभागी गराइने भएको छ । यीमध्येबाट २४ जना अन्तिम प्रतिस्पर्धीले ग्राण्ड फिनालेमा भाग लिनेछन् । हिडन ट्रेजरका निर्देशक प्रमोद कंसाकारका अनुसार छानिएका २७ सुन्दरी काठमाडौं आएर तालिममा सहभागी हुनेछन् ।

४५ दिनसम्म सञ्चालन हुने तालिममा मेकअप, स्टाइल, र्‍याम्पमा हिंड्ने, बोल्ने, प्रस्तुतीकरण, व्यक्तित्व विकास, सञ्चारसम्बन्धी कौशलबारे तालिम दिइने भएको छ ।अन्तिम प्रतिस्पर्धीको सार्वजनिक घोषणा भने चैत १७ गते हुने स्यास सेरेमोनीमा गरिने भएको छ । जेठ १३ गते ललितपुर गोदावरीस्थित सनराइज कन्भेन्सन सेन्टरमा यसवर्षको मिस नेपाल प्रतियोगिताको ग्राण्ड फिनाले आयोजना हुँदैछ ।

सम्बन्धित खबर