LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । इस्लाम धर्माम्बलम्वीको महान पर्व रामजान रोजा भोलि शुक्रवारदेखि सुरु हुदै छ ।
खाडी मुलुक सउदी, कत्तारका लगायतका देशहरुमा आज विहिवारदेखि नै रोजा सुरु भएपछि नेपाल, भारत, पाकिस्तान, बगंलादेश लगायतका दक्षिण एसियामा शुक्रवारदेखि रोजा सुरु हुदै छ । विहिवार साँझ मुस्लिम सामुदायले आकाशमा चन्द्रमाँ देखेपछि जनकपुरसहित नेपालभरिका मुस्लिम सामुदाय शुक्रवारदेखि रोज बस्ने छन् । रोज (व्रत) हरेक मुस्लिम सामुदायका बालिग महिला तथा पुरुषमा अनिर्वाय गरिएको छ ।
इस्लाम धर्मका ५ वटा अधार स्तमभ इमान, नवाज, रोजा, जकात,हज मध्ये रोजा तेस्रा नम्वरको हो । इस्लामिक महिना सवाण समाप्त भई रमजानको पहिलो चन्द्रमा (चाँद) मुस्लिम समुदायले देखे पछि रमजान शुरु भएको हो ।
इस्लामीक महिना रमजान महिना भरि अर्थात ३० दिन सम्म मुस्लिम समुदय रोज गर्छन् । इस्लामिक महिना रमजानको पहिलो चन्द्रमा देखे लगतै शुरु हुने रोजा पर्वमा मुस्लिम समुदायका सम्पुर्ण महिला तथा पुरुषले अनिवार्य रुपमा दिनभरि केहि नखाई निराहार रुपमा व्रत बस्नु पर्ने हुन्छ । रोजा(व्रत) मा बस्ने हरुले सुर्य उदाउनु भन्दा पुर्व र सुर्य अस्ताएपछि मात्र अन्नजल ग्रहण गर्छन् ।
इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिक देखि मुस्लिम समुदाय माथि र्फज अथार्त अनिर्वाय गरिएको छ । इस्लामिक धार्मिक गुरुहरुको अनुसार अहिले १४ औ हिजरी चलिरहेको छ । रोजा धनि, गरिव सवैमाथि अनिर्वाय छ, यसमा कुनै भेदभाव हुदैन । दिनभरि मजदुरि गर्ने होस वा राजा राजौटा किन नहोस् सबैैमाथि रोजा उतिकै लाजिम(अनिर्वाय) गरिएको छ । महिला ,पुरुष दुवै वालिग मुस्लिम माथि रोज अनिर्वाय गरिएको मौलना अहमद हुसैनले बताए ।
इस्लामिक धर्मगुरुहरुका अनुसार सामुहिक रुपमा रोजा खोल्दा (अनजल) धार्मिक हिसावले राम्रो मान्निछ । रमजान महिनामा इस्लामिक क्यालेनडरकोे ९ औ महिना हो । यो महिना मुस्लिम समुदायको लागि विशेष महत्व राख्दछ । अन्य महिना भन्दा रमजानमा उपवास तथा दान गर्दा ७० गुण बढी सवाव (पुण्य) प्राप्ती हुने जनविश्वास छ । रमाजानकै २७ तारिकका दिन इस्लाम धर्माबलम्विहरुको सब भन्दा ठुलो धर्मग्रन्थ पवित्र कुरआन सरिफ नाजिल (अवतरित) भएकाले उनले बताए ।


यसै महिनामा साढे सात तोला सुन वा साढे ५२ तोला चाँदी तथा त्यति बरावरको सम्पिति भएको खण्डमा गरिव विपन्नहरुको लागि अनिर्वाय रुपमा जकात अथार्त दान गर्नका लागि साढे दुई प्रतिशतका दरले रकम निकाल्नु पर्ने हुन्छ ।
यसले गरिव र अशक्तहरुका लागि केहि गरौ भन्ने सन्देश दिने गरेको छ । रमजान महिना भरि विशेष रुपमा प्रति अल्लाह सम्पर्ति मुस्लिमले अल्लाहको डर तथा नैतिकताको घेराभित्र मनलाई राख्दै धार्मिक तथा समाजलाई भलोहुने काममा तल्लीन हुन्छन् । पराघि,अश्लिील तथा समाजलाई अहित हुने कार्यहरु यो महिनामा मुस्लिमबाट हुदैन । तर अपराघिको कुनै जात हुदैन, अपराधिहरु जात, धमर्, कानुन भन्दा वाहिर हुन्छन् ।
रमजानको यो विशेषताले समाजिक विकृति न्युनिकरण, कानुनि राज्यको सम्मान,समाजिक विकासमा अग्रता, अपराध नियन्त्रणमा व्यापक सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । एक महिनासम्म रोजा बसेपछि मात्र मुस्लिम सामुदायले इदुल फित्र अथार्त इर्द पर्व मनाउने गर्छन् ।

सम्बन्धित खबर