LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । मधेस प्रदेशका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री वसन्त कुश्वाहाले आर्थिक वर्षको ३१ बुँदे योजना सार्वजनिक गरेका छन् ।
मन्त्री कुश्वाहाले विहिवार पत्रकार सम्मेलन गरि आगामी आर्थिक वर्ष २०८०÷०८१को ३१ बुँदे निति तथा कार्यक्रममा सार्वजनिक गरेका हुन् । मधेस प्रदेशका अधिकांश जनतका आम्दनीको श्रोत कृषि रहेको भन्दै मन्त्री कुश्वाहाले कृषि क्षेत्रलाई प्राथमिकता दिएर आफुले अगामी वर्षका योजनाहरु सार्वजनिक गरेको बताए । उनले मलको अभाव प्रत्येक वर्ष भईरहेको समयमा रसायनिक मललाई विस्तारै विस्थाति गर्दै जैविक मलमा जोड दिने बताए ।
मधेस प्रदेशमा ३ लाख मेट्रिक टन रसायनिक मलको आवश्यक्ता रहेको समयमा संघ सरकारबाट प्राप्त हुने १ लाख ५० हजार मेट्रिक टन मल उपयोगमा ल्याइने मन्त्री कुश्वाहाले बताए । बाँकी जैविक मलको प्रयोगमा ल्याउन किसानहरुलाई प्रोत्साहन गर्ने उनले बताए ।
किसानलाई आत्मनिर्भर बनाउनकालागि किसानहरुको पहिचान गरी एक लाख किसानलाई गाई,भैसी र बकरी वितरण गरिने मन्त्रीले बताए । यि योजनाहरु कार्यान्वयको लागि करिव १५ अर्व खर्च लाग्ने बताउदै मन्त्री कुश्वाहाले ८ देखि १० अर्व संघिय सरकार, २ अर्व प्रदेश सरकार र बाँकी रकम एनजिओ तथा आइएनजिओसंग समन्वय गरी बजेट व्यवस्थापन गर्ने योजना रहेको रहेको बताए ।

 

सम्बन्धित खबर