LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

काठमाडौं । सलमान खान स्टारर बलिउड फिल्म ‘किसीका भाई किसीकी जान’ले भारतीय बक्स अफिसमा अहिलेसम्मकै न्यून इद पर्वको ओपनिङ गरेको छ । शुक्रबार फिल्मले १५ करोड भारुको ओपनिङ गरेको भारतीय संचारमाध्यमले जनाएका छन् ।

सन् २०१० देखि २०१९ सम्म सलमान अभिनित अघिल्ला फिल्मको इद पर्वको ओपनिङलाई तुलना गर्दा यो फिल्मको कमाइ न्यून हो । इद पर्वको दोस्रो दिन भारतीय बक्सअफिसमा फिल्मले २५ करोड भारु कमाएको छ । फरहाद सम्जी निर्देशित यो फिल्म चारवर्षपछि रिलिज भएको सलमानको फिल्म हो ।

फिल्ममा ब्यांकटेश, पूजा हेग्डे लगायतको शीर्ष भूमिका छ । भारतीय फिल्मका ब्यापार समीक्षक तरण आदर्शका अनुसार फिल्मले पहिलो दिनमा १५.८१ करोड भारु कमाएको छ । सन् २०१६ को इदमा रिलिज भएको सलमानको ‘सुल्तान’ले सबैभन्दा धेरै ३६.५४ करोड भारु कमाएको थियो ।

नेपाली बक्सअफिसमा पनि यो फिल्मले न्यून ओपनिङ गरेको छ । सलमानका अघिल्ला रिलिजभन्दा यो फिल्मको कमाइ नेपालमा समेत न्यून हो । सप्ताहन्तमा नेपालमा फिल्मले राम्रै कमाएपनि सलमानका अघिल्ला फिल्मको तुलनामा न्यून हो । विश्वब्यापी ५७ सय पर्दाबाट रिलिज भएको यो फिल्म भारतमा ४५ सय पर्दाबाट रिलिज भएको छ । नेपालमा भने प्रदर्शनरत दयाहाङ राई स्टारर जारी यो फिल्मका लागि चुनौति बन्यो ।

सम्बन्धित खबर