LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

महोत्तरीको बलबा नगरपालिकामा एक कार्यक्रमका बिच मस्जिदको शिलान्यास गरिएको छ ।

बुधबार बलबा नगरपालिका वडा नम्बर-११ (टिकुलिया टोल)मा मधेस प्रदेशका प्रदेशसभा सदस्य जयनुल राईले मस्जिदको शिलान्यास गरेका हुन् ।

इस्लाम धर्मावलम्बीहरुलाई नमाज पढ्न सहज होस् भन्ने उद्देश्यले मस्जिदको शिलान्यास गरिएको प्रदेशसभा सदस्य राइनले बताए । उनले मस्जिद निर्माण भएपश्चात एक टोलबाट अर्को टोलमा नमाज पढ्न जानुपर्ने बाध्यताको अन्त्य हुने बताए ।

रमजान, इदको समयमा एकै ठाउँमा नमाज पढ्न जानुपर्थ्यो यसले समस्या हुने गर्थ्यो अब आफ्नै घर नजिक मुस्लिम दाजुभाइहरुले जुनसुकै समय सहजरुपले नमाज लगायतको धार्मिक गतिविधि गर्न सक्ने उनले बताए ।१३ लाख रूपैयाँको लागतमा बन्ने उक्त मस्जिदमा स्थानियले समेत आ-आफ्नो स्तरबाट सहयोग गरिरहेको बलबा नगरपालिका वडा नम्बर-११ का लोसपा सभापति संतोष सिहंले जानकारी दिए ।

मस्जिद शिलान्यास कार्यक्रममा प्रदेशसभा सदस्य जयनुल राइन, वडा नम्बर-११ का वडाध्यक्ष अशोककुमार यादव, लोसपाका वडासभापति सन्तोष सिंह, युवा नेताहरु नवनित झा, अभिमन्यु कुमार, जागेश्वर चौधरी, सयिम कवारी लगायतकाहरूको उपस्थिति रहेको थियो ।

सम्बन्धित खबर