LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

काठमाडौं । एक अवार्ड समारोहका लागि बिहीबार काठमाडौं आइपुगेकी अभिनेत्री विपना थापाले अब निरन्तर फिल्ममा काम गर्ने बताएकी छन् । विमानस्थलमा सञ्चारकर्मीले उनलाई अभिनय योजनाबारे सोधेका थिए । नीता ढुंगानाले निर्माण गर्न लागेको फिल्म ‘ह्रस्वदीर्घ’सँगै १७ वर्षपछि उनी फिल्ममा पुनरागमन गर्दैछिन् ।

विमानस्थलमा उनले भनिन्, ‘अब छोरा ठूलो भइसकेको छ । यसैले म फुर्सदिलो छु र फिल्ममा काम गर्न कुनै समस्या छैन । मलाई म्युजिक भिडियोमा पनि काम गर्नु रहर छ ।’ ह्रस्वदीर्घबाहेक अन्य केही फिल्मबाट समेत अफर आइरहेको बताउँदै उनले यसबारे निधो नभइसकेको जानकारी दिइन् ।

अन्य फिल्मबाट प्रस्ताव आइरहेको छ । सुहाउँदो भूमिका पाएँ भने अवश्य फिल्म गर्नेछु,’ उनले भनिन्, ‘ह्रस्वदीर्घ अगस्टदेखि सुटिङ हुँदैछ । अरु एक–दुईवटा फिल्मसँग कुरा भइराखेको छ । म्युजिक भिडियोबाट प्रस्ताव आयो भने त्यो पनि गर्छु ।’ छोरा पनि हुर्किसकेकाले आफू हिजाओज स्वतन्त्र भएको उनले बताइन् ।

‘अब फिल्ममा लगातार काम गर्ने हो । छोरा पनि ठूलो भइसकेको छ । अहिले म फ्रीजस्तै छु,’ उनले भनिन् । उनले माइती देशको प्रशंसा गर्दै पहिले एक वर्षको अन्तरालमा आउने गरे पनि अहिले भने केही महिनाकै अन्तरमा आउने गरेको सुनाइन् । कहिलेकाहीं त्यही सबथोक छाडेर नेपाल आऊँ कि जस्तो लाग्ने गरेको उनले सुनाइन् ।

विपनाले ८० र ९० को दशकमा झण्डै ७० फिल्ममा अभिनय गरेकी छन् । २०५१ सालको फिल्म ‘अपहरण’बाट अभिनय करिअर थालेकी विपनाको पछिल्लो रिलिज फिल्म ‘संघर्ष जिन्दगीको’ २०६७ सालमा रिलिज भएको थियो । घरजमपछि उनी भारतमा बस्दै आएकी छन् ।

सम्बन्धित खबर