LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

काठमाडौं । गत वैशाख ३१ गते रिलिज भएको फिल्म ‘कृष्णलीला’बाट डेब्यु गरेकी अभिनेत्री श्रद्धा क्षेत्रीले फेसबुकमा लेखिन्, ‘अवार्ड खरिद गर्न पनि सकिन्छ, तर इनाम भने कमाउनुपर्छ ।’सिने सर्कल अवार्डमा आफूले अवार्ड नपाएपछि क्षेत्रीले यस्तो विवादास्पद प्रतिक्रिया दिएकी थिइन् । अवार्ड खरिद गर्न सकिने बताएपछि उनको यो बोलीलाई कतिपयले समर्थन गरे भने कतिले नपाएको झोंक भनेर टिप्पणी पनि दिए ।

अवार्ड खरिद गर्न सकिने भनेर बोलेपछि यसले मनोरञ्जन वृत्तमा चर्चा पनि चल्यो । तर यो सबथोकपछि श्रद्धाले केही दिनअघि काठमाडौंमा आयोजित एक भारतीय अवार्ड भने ग्रहण गरेकी छन् । उनले उक्त अवार्डको ट्रफी उचालेको तस्वीर फेसबुकमा सेयर गरेकी छन् ।अवार्ड किन्न सकिन्छ तर इमान सकिंदैन भन्ने अभिव्यक्ति दिएको एक महिना नहुँदै श्रद्धाको यो तस्वीरले एकैसाथ धेरै कुरा बताउँछ । उनको यो तस्वीरले भनाइ र गराइमा अन्तरविरोध देखिन्छ ।कामको कुरा गर्दा डेब्यु फिल्म कृष्णलीला असफल भएपछि श्रद्धा अहिले अर्को फिल्मको खोजीमा छिन् । पछिल्लो गीत ‘मेसो मिलाएर’ले उनलाई चर्चा दिलायो ।

सम्बन्धित खबर