LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । सत्य र असत्य बीच लडाई तथा इस्लाम धर्मको संरक्षणका लागि ज्यानको आहुती दिने इमामे हसन र इमामे हुसेनको सम्झनामा मनाईने मोहरम पर्वको यस वर्षपनि मधेशका जिल्लाहरुमा देखिएको छ ।
मधेश प्रदेशका इस्लाम धर्माबल्मवीले मोहरम पर्वमा ताजिया (दाहा) मेला लगाउने गर्छन । यतिवेला मधेशका जिल्लाहरुमा ताजियाको रौनक देखिएको छ । दाहा मेला मुस्लिम समुदायले लगाएपनि त्यसमा हिन्दु समुदायका व्यक्तिहरु उल्लेखनिय संख्यामा सहभागि हुने गर्छन् ।
जनकपुरधाम उपमहागरपालिका बन्धी, लक्ष्मीनिया गाउँपालिकाको सपही, महोत्तरीको जिलपुरा लगायतका ,स्थानमा ठुला दहा(तजिया) मेलाको आयोजना गरिएको छ । ताजिया बनाउने चलन नेपाल,भारत, पाकिस्कतान, बगंलादेशसहितका मुलुकहरमा रहेको छ ।
दाहा मेलामा मुस्लिम समुदायका युवाहरुले विभिन्न प्रकारका कलात्म खेलहरु प्रदर्शन गर्नेछन् भने महिलाहरुले इमामे हसन हुसेनको सम्झनामा गित गाउने गर्छन । तर पछिल्लो समय महिलाहरुले गति गाउने चलन हराउदै गएको छ । मेलाको अन्तिम राम्रो खेल प्रर्दशन गर्ने खेलाडीहरुलाई तगमा(शिल्ड) वित्तरण गर्ने चलन रहेको छ ।
मोहरम महिनाको नौ औ दिन अर्थात आज शुक्रवार पहिलो दिन मेलाको अन्य गाउँमा गएर खेलाडीहरुले खेल प्रर्दशन गर्छन भने दोस्रो दिन आफ्नै गाँउकै मैदानमा गई खेलतमसा गर्छन् । सो स्थानलाई मुस्लिमहरुले करवला भन्ने गर्छन् । करवलामा दुई वा दुई भन्दा बढी ताजियाको मिलान अर्थात जोरा लगाईने चलन रहेको छ ।
इस्लामिक क्यालेण्डर अनुसार अहिले मोहरम महिना चलिरहेको छ । मोहरम इस्लामिक क्यालेण्डरको पहिलो महिना हो । मोहरम महिना इस्लामिक क्यालेडर अनुसार नयाँ वर्षको पहिलो महिना पनि हो । यो महिनामा नै इस्लाम धर्मका प्रवक्ता हजरत मोहम्मद पैगम्बर (स.)का नाति हजरत हसन र हुसैनले इस्लाम धर्मको संरक्षणका लागि आफ्ना ज्यानका आहुती (बलिदानी)दिएका थिए ।
हजरत हसन र हुसैनले यहुदीहरुबाट धर्म संरक्षणको लडाईमा शहिद भएका कारण उनिहरुकै सम्झनामा मुस्लिम समुदायले मोहरममा महिनामा तजिया बनाएर गम अर्थात दुःख मनाउने गर्छन । तर इस्लामिक धर्मगुरुले तजिया नबनाएर पनि उहाँहरुकोको सम्झीन सक्ने बताउँछन् । खेलतमसा वा दाहा नै बनाए हसन हुसेनलाई सम्झनु गलत रहेको भन्दै इस्लामिक धर्मगुरु अहमद हुसेनले भने,‘ खेलतमसा उचित होईन । इस्लामले मोहरमा खेलतमसाको अनुमति दिदैन् । बरु यो महिनामा बढी भन्दा बढी धार्मिक तथा पुण्यको काम जस्तै रोजा बस्ने, फातिहा गर्ने, मिलाद सहितको आयोजना गर्दा झन राम्रो मानिन्छ ।’
हजरत ईमामे हुसेनले सत्यको लागि आफ्नो ज्यानको आहुति दिएपनि धर्मको रक्षा गरेको र इस्लाम धर्मका प्रवर्तक पैगम्बर मोहम्मद (स.) ले देखाएको बाटोलाई आत्मसाथ गरेकोले संसारभरिका मुस्लिम सामुदायले उहाँको सम्झनामा धार्मिक क्रियाकलाप गर्दै आएको उनले बताए ।

सम्बन्धित खबर