LIVE
नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर |

बुद्ध एअरले जनकपुर अवतरण हुन नसकी काठमाडौं फर्किएको जहाजका यात्रुहरूलाई अर्को जहाजमा पठाएको छ।
जनकपुरबाट फिर्ता आएका यात्रुहरूलाई अर्कै जहाजको व्यवस्था गरी फेरि जनकपुर उडाइएको बुद्ध एअरका सूचना अधिकृत दिपेन्द्र कर्णले सेतोपाटीलाई जानकारी दिए।
उनका अनुसार जहाजमा ६८ यात्रु थिए। ‘उनीहरू सबैलाई अर्को जहाजबाट जनकपुर पठाइएको छ,’ कर्णले भने।
सिराहा सचिवालय बैठकका लागि एमाले वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ, विष्णु पौडेल, अष्टलक्ष्मी शाक्य, अमृत बोहोरासहितका नेताहरू सोही जहाजमार्फत् जनकपुर जाँदै थिए।
जहाज २३ मिनेट उडेपछि प्राविधिक समस्या भन्दै फेरि काठमाडौं फर्किएको उपाध्यक्ष नेम्वाङले बताए।
बुद्ध एअरले पनि प्राविधिक समस्याका कारण काठमाडौं फर्किएको जानकारी गराउँदै काठमाडौंमा सो जहाजको चेकजाँच भइरहेको बताएको छ।
‘काठमाडौंबाट जनकपुर उडान नं. ५०१ जहाज ९एन–एजेओ कलसाइन भएको जहाजमा प्राविधिक समस्या देखिएको हुँदा जहाजलाई पुनः काठमाडौं अवतरण गराई यात्रुलाई अर्को जहाजबाट जनकपुर पठाउन लागिएको छ। सो जहाजलाई हाम्रो टेक्निकल टिमले चेकजाँच गरिहेका छन्। यसबाट यात्रुवर्गमा पर्नगएको असुविधाप्रति क्षमाप्रार्थी छौं,’ बुद्ध एयरले सूचनामार्फत् भनेको छ।
एमालेले चौथो महाधिवेशन सुरु भएकै दिन अर्थात् भदौ ९ गते नै बैठकको तयारी गरेको थियो। चुरे नजिकैको त्यस क्षेत्र डुबानको चपेटमा परेकाले बैठक स्थगित गरेको थियो।

सम्बन्धित खबर