LIVE
८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली | सिकाई प्लसअन्तर्गत क्षमता अभिवृद्धि कार्यशाला सम्पन्न | पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप |

जनकपुरधाम । तीन दिनदेखि तनावग्रस्त अवस्थामा रहेको सर्लाहीको मलंगवामा आईतवार दिउँसो धार्मिक सदभाव र्याली निकालिएको छ ।
गत शुक्रवार कृष्ण जन्माष्टमीको अवसरमा बनाइएको कृष्ण भगवानीको मूर्ति विसर्जन गरि फर्किने क्रममा भएको केहि हिन्दु र मुस्लिम सामुदाय बीच विवाद भई उग्र रुप लिएपछि त्यहाँ शनिवार कर्फयु लगाईएको थियो । आईतवार जिल्ला प्रशासन कार्यालय सर्लाहीमा दुई सामुदायका अगुवासहित भएको सर्वपक्षीय वैठकमा पश्चात घटनाको छानिबिन गरि कारर्वाही गर्ने, दुवै सामुदाय अगुवाहरुले आफ्नो सामुदायमा संम्यमता अपनाउन आग्रहा गर्ने, घटनाको छानिबिन गर्न सहायक प्रमुख जिल्ला अधिकारी होम प्रसाद अधिकारीको संयोकत्वमा ९ सदस्य छानबिन समिति गठन गर्ने निर्णय भएको हो ।
समितिलाई १५ दिन भित्र घटनाको छानबिन गरि प्रतिवेदन पेश गर्ने र सोही प्रतिवेदन अनुसार कारर्वाही पक्रिया अगाडी बढाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।
वैठक पश्चात जिल्ला प्रशासन कार्यालय सर्लाही, मलंगवा नगरपालिकाको अगुवाईमा धार्मिक सदभाव र्याली निकालिएको छ ।

 

सम्बन्धित खबर