LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका–१३ स्थित पिडारीमा रहेको एक सार्वजनिक पोखरी आफ्नो रहेको भन्दै एक व्यक्तिले कब्जा गर्न खोजेपछि स्थानीयवासी आन्दोलित भएका छन् ।
सार्वजनिक महत्वको पोखरीलाई भुमाफियाहरुले कब्जा गर्न लागेको भन्दै स्थानीयवासी र सो क्षेत्रका प्रदेश सासद शेषनारायण यादव र सो वडाका वडाध्यक्ष जीतवहादुरसहितले अगाडी आएको छ । मंगलवार सो पोखरीमा डिलमा पत्रकार सम्मेलन तथा सार्वजनिक सुनवाई नै गरेर उनीहरुले त्यसको विरोध गरेका छन् ।
कार्यक्रममा प्रदेश सासद यादवले भने, पोखरीको किताकाट हुदैन तर भुमाफियाँ पोखरीको प हटाएर खरी देखाएर सार्वजनिक पोखरी आफ्नो नामा नामसारी गराएको छ । त्यसकारण सार्वजनिक महत्वको पोखरी कुनै पनि हालतमा भुमाफियालाई कब्जा गर्न दिदैनौ ।’
यस अघि जनकपुरधाम उपमहानगरपालिका वडा नंं १३ का कार्यालयले पनि उक्त पोखरीलाई सार्वजनिक पोखरी भन्दै शिफारिस गरेका छन् । १६ कठा ६ धुर भन्दा बढी क्षेत्रफल भएको उक्त पोखरीको बीचमा अहिले पनि पुरानो जाटका साथै ६ फिटसम्म पानी भएपनि भूमाफियाले माटोले पुरिन थालेको सुईको पाएपछि वडा कार्यालयले त्यसमा रोक लगाएका थिए ।
स्थानीय समाजसेवी तथा स्थानीय बाँसी रामअशिष दासले जनकपुरधामको भगवान साहको सन्तान नभएको कारणले सार्वजनिक काममा प्रयोग हुने गरि दुई वटा पोखरी तथा १ वटा ईनार खनाएपनि त्यस मध्ये १ पोखरी र ईनार लोप बनाउने काम भएको भएपनि बाँकी रहेको भगवाना पोखरीलाई व्यक्तिले जीजि बनाएको थाहा पाएप्छि स्थानीय बाँसीहरु आन्दोलित भएको जानकारी दिए ।


दाता भगवान साहको कोही नभएपनि दुरको नातामा पर्ने अपुताली खाने बुटन देवीले आफ्नो नीजि बनाएका थिए । त्यति खेर पोखरीको पो हटाएर खरी बनाई नीजि बनाउने काम भएको बताउदै समाजसेवी दासले यसमा तत्कालिन अवस्थामा कर्मचारीको मिलोमतो देखिईएको छ । २०२६ सालको फिण्ल्ड बुकमा रहेको सार्वजनिक पोखरीलाई केरकार गरेर २०२८ सालमा व्यक्तिको नाउँ राख्ने काम भएको उनले बताए ।
अहिले उक्त पोखरीलाई वुटन देवीवाट महावीर सिंहले खरिद गरेर दिलीप साहलाई विक्रि गर्ने काम भएको समाजसेवी दासले बताए । दिलिप साहले पोखरीलाई १६ कित्तामा कित्ताकाट गराई विक्रि गर्ने काम भएको स्थानीयवासीहरुको भनाई छ ।

सम्बन्धित खबर