LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

सर्लाहीको सदरमुकाम मलंगवामा दुई समुदायबीच तनाब बढेपछि स्थानीय प्रशासनले फेरि कर्फ्यु लगाएको छ । प्रशासनले बिहीबार राति १० बजेदेखि मलंगवा बजार क्षेत्रमा अनिश्चित समयका लागि कर्फ्यु आदेश जारी गरेको हो ।

सर्लाहीका प्रमुख जिल्ला अधिकारी ईन्द्रदेव यादवले अर्को आदेश वा व्यवस्था नहुन्जेलसम्म लागि ऐन, २०२८ को दफा ६ (क) (१) (३) बमोजिम कर्फ्यु आदेश जारी गरेका हुन् ।
सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिम एवम् शान्ति भंग हुन सक्ने स्थिति देखिएकोले पुरानो मलंगवा नगरक्षेत्र (पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सीमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट÷बाबा पेट्रोल पम्म) कर्फ्यु आदेश जारी गरिएको हो ।कर्फ्यु सीमा क्षेत्रभित्र कसैले आजवतजावत गर्न, भेला हुन, बाहिर हिँडडुल गर्न र कुनै प्रकारको उच्छृङ्खल गतिविधि गर्न नगर्न प्रशासनले आग्रह गरेको छ । आदेशको उल्लंघन गर्नेलाई सुरक्षाकर्मीले आवश्यकता अनुसार बल प्रयोग गरी कानुन बमोजिम कारवाही गर्ने चेतावनी समेत दिएको छ ।बिहीबार साँझ गणेशको मुर्ति सेलाउन जाने क्रममा हिन्दु र मुस्लिम समुदाबीच झडप भएको हो । त्यस क्रममा एक युवकमाथि छुरा प्रहार भएको छ । युवकको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
केही दिन अघि मात्र कृष्णष्टमीको मुर्ति सेलाउने क्रममा सोही वस्तीमा दुबै समुदायबीच झडप भएको थियो । त्यस क्रममा स्थानीय प्रशासनले कर्फ्यु र निषेधाज्ञा जारी गरेको थियो ।

सम्बन्धित खबर