LIVE
हतियारसहित जनकपुरधामबाट दुई युवक पक्राउ | कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट |

जनकपुरधाम । दशैँको अवसरमा जनकपुरधामको राजदेवी र राम मन्दिरको लगाईने मेलाको महाविर युवा कमिटिले आय व्यय विवरण सार्वजनिक गरेको छ ।
कमिटिले शनिवार पत्रकार सम्मेलन गरेर दशैँ मेलामा भएको भएको आम्दनी र खर्चको विवरण सार्वजनिक गरेको हो । कमिटीले यस वर्ष मेलामा ३६ लाख ४ हजार ५९४ रुपैयाँ खर्च हुदाँ २९ लाख ८ हजार १ सय ८१ मात्र आम्दानी भएको सार्वजनिक गरेको छ । बाँकी ६ लाख ९४ हजा ४१२ रुपैयाँ पेश्की स्वरुप सदस्यहरु तथा अन्य व्यक्तिबाट लिएर खर्च भएको कमिटिले जनाएको छ ।
खर्चहरुमा फूलको सरसजावटमा ४ लाख, भजन संध्यामा ४ लाख ६५ हजार ६ सय, साउण्ड र लाईटमा ४ लाख ३३ हजार ६ सय र रावणबद्धमा १ लाख ३५ हजार खर्च भएको कमिटीका अध्यक्ष अजय कुमार गुप्ताले जानकारी दिएका छन् ।
लंका, रावण, कुम्भकर्ण, मेघनाथ बनाउने सामाग्रीमा २ लाख ५१ हजार ७ सय ६९ रुपैया, प्रसाद सामाग्रीमा ४ लाख ५१ हजार ५ सय ७०, प्रसाद कालरात्रीमा ८१ हजार, मंन्दिरमा विद्युतीय वायरिङ्ग १ लाख २० हजार, विद्युत मिस्त्री खर्च २० हजार, चुनरी गम्छा ४५ हजार, मसलन्द २ लाख ४४ हजार ४ सय ६०, सिसिटिभी जडानमा २ लाख ४१ हजार ५ सय, मिस्त्री फिटिङ्ग, टेन्ट २ लाख ६१ हजार खर्च भएको छ ।
त्यसैगरि, कमिटिले विज्ञापन वापत ३ लाख ४१ हजार, सदस्यता वापत १ लाख ५० हजार, सहयोग रसिदवाट ३ लाख ५० हजार ७ सय २५, गोप्य अनुदान १ लाख २५ हजार ३ सय ६५, दान पेटी २५ हजार ७ सय २५, रमाईलो मेलावाट ३ लाख २१ हजार, भोगराग तथा महाप्रसाद वापत ४ लाख ५१ हजार र बोकाबलीवाट ११ लाख ३३ हजार ३ सय ५६ रुपैयाँ आम्दनी भएको जनाएको छ ।

 

सम्बन्धित खबर