LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । चैत २७ गते
जनकपुरधाम उपमहानगरपालिका–२ का एक युवकलाई आफ्नै आफन्तहरुले मर्नासन हुने गरि कुटेका छन् ।
जनकपुरधाम उपमहनगरपालिका–६ बस्ने अशोक लाल दासका २७ वर्षिया छोरा शिवुलाल दासलाई नाता काँका पर्ने जनकपुरधाम– बस्ने नथुनी लाल दास, उनका छोरा दिपक लाल दास,श्रीमति, वुहारी सहितले आईतवार विहान १० वजे कुटपिट गरेका छन् । जग्गा सम्बन्धी विषयमा कुराकानी गरिरहेको वेला दिपक दासले शिवु माथि कुर्सि, घरेलु हतियारले सबै परिवार मिलेर कुटेको पीडितका बुवा अशोक लाल दासले बताए । शिवुको जनकपुरस्थित प्रादेशिक अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारको लागि वाहिर लगिएको छ । शिवुको टाउँको गम्भिर चोट लागेको छ भने हात खुट्टा भाचिएको उनले बताए ।
यता, प्रहरीले घटनाका संलग्न नथुली लाल दासलाई पक्राउ गरेको छ भने घरका अन्य सदस्यहरु फरार भएको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर