LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । २९ चैत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मुलुकमा पाइने जडिबुटी वनस्पतिलाई संरक्षण र प्रवद्धन गर्न सकेको खण्डमा मुलुकको समृद्धिको आधार बन्न सक्ने बताएका छन् ।
२३ औ वनस्पति दिवसको अवसरमा वनस्पति अनुसन्धान केन्द्र धनुषाले धनुषाधाम स्थित वनस्पति उद्यानमा आयोजना गरेको कार्यक्रममा मुख्यमन्त्री राउतले मुलुकको ठुलो सम्पतिको रुपमा रहेको वनस्पतिको संरक्षण गरेर मगन्य आम्दानी गर्न सकिने बताए ।
नेपालमा पाइने जडिबुटीहरुको मांग विदेशमा समेत पर्याप्त मात्रामा रहेपनि संरक्षण हुन सक्दा त्यतिकै खेर गइ रहेको उल्लेख गर्दै मुख्यमन्त्री राउतले भने,‘ मधेश प्रदेशमा एकमात्र वनस्पति उद्यान छ । जुन संघिय सरकारको मातहतमा छ । तर त्यसलाई आवश्यकता अनुसारको वजेटको अभावमा ति उद्यानको प्रवद्धन र विकास हुन सकिरहेको छैन ।’


धनुषाधाम संरक्षित वनक्षेत्र संग जोडिएको वनस्पति उद्यान पर्यटकीय विकासमा समेत टेवा पु¥याउने बताउदै मुख्यमन्त्री राउतले वनस्पतिको संरक्षण र प्रवद्धनमा प्रदेश सरकारले समेत सहयोग गर्न सक्ने प्रतिवद्धता जनाए ।
कार्यक्रममा प्रदेश सासद तथा स्वच्छता अभियानी राम अशिष यादवले धनुषाधामलाई वनस्पति उद्यान र वनजंगललाई मध्यनजर गर्दै धनुषाधामलाई चियाखाना बनाई पर्यटकिय क्षेत्रको रुपमा विकास गर्नुपर्ने बताए । मधेश प्रदेशका एउटा मात्र धनुषाधाम जंगलमा अहिले पनि विभिन्न जंगली जानवरहरु रहेको बताउदै सासद यादवले भने,‘ धनुषाधाम मधेश प्रदेशको बीच भागमा पर्छ । यहाँ विकास भएको खण्डमा जनकपुरधाम आउने पर्यटकको संख्यामा पनि वृद्धि हुन्छ । र यसले देशको आर्थिक विकासमा टेवा पुग्छ ।’
कार्यक्रमको अध्यक्षता गरेका वनस्पति अनुसन्धान केन्द्र धनुषका प्रमुख ताहिर हुसेनले को धनुषाधाम वनस्पति उद्यानमा हाल २७६ प्रजातिका वनस्पतिहरु रहे्को बताए । वजेटको अभावमा आफुले चाहे जस्तो वनस्पतिको विकास गर्न नसकेको उनले बताए ।
वस्तपति दिवसको अवसरमा मुख्यमन्त्री राउतले पिपलको विरुवा रोपन गरेका थिए । कार्यक्रमको उद्घोषण वृक्ष म्यानको रुपमा चिनिएका वन अधिकृत सुरेश शर्माले गरेका थिए ।

सम्बन्धित खबर