LIVE
आजको मौसम : चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना | जनकपुरधामका राईन दम्पतीलाई हज यात्रा अघि इस्लाम समाज सेवा समितिद्वारा सम्मान | न्यायका लागि सरोकारबारलाई गुहार लगाउँदै सर्लाहीका अन्सारी परिवार, पीडितलाई न्याय दिलाउने पुर्व गृहराज्यमन्त्री अन्सारीको प्रतिवद्धता | जनमत पार्टीका नेता सहनी र कुँवरद्धारा एकैदिन पाँच योजनाको शिलान्यास | सुगुरको खोरमा थुनेर मुस्लिमलाई कुटपिट, अभियुक्तहरु छुटाउन प्रशासनलाई दबाब, कडा कारर्वाही गर्न अध्यक्ष अन्सारीको माग | वाटरल्यान्ड पार्कमा झडपको क्रममा १० जना विद्यार्र्थी पक्राउ | मधेशका गौरवका दुधमति नदीको संरक्षण एवं सौन्दर्यकरण आयोजनामा तिव्रता | आगामी आवको बजेट तयारीमा मधेश सरकार ः चालू वर्षको बजेटभन्दा १४ अर्ब कमको तोकियो सिलिङ | मुख्यमन्त्री सिँहद्वारा विद्यालय अनुगमन | मेयर र उपमेयर बीचको विवादको कारण क्षिरेश्वरनाथ नपाको विकास प्रभावित |

जनकपुरधाम । १ वैशाख
नेकपा एमालेका नेता हकिम राईनले पार्टीका जिल्ला समितिले जनकपुरधाम उपमहनगरपालिक मेयरमा आफ्नो नाम सिफारिस नगरेको आक्रोश व्यक्त गरेका छन् ।
आफु पार्टीको सच्चा सिपाई भएको र पार्टीको लागि नवरत रुपमा तनमनधनले काम गर्दै आएको भएपनि केहि व्यक्ति जातिय भेदभाव गरि आफ्नो नाम सिफारिस नगरेको नेता राईनले आरोप लगाएका छन् । जनकपुरधाम उपमहनगरपालिकाका मुस्लिम समुदायको राम्रो उपस्थित रहेपनि पार्टीका केहि नेताहरुले विभेद गरि आफ्नो नाम सिफारिस गरेको उनले बताए । पार्टीका जिल्ला समितिले आफ्नो नाम सिफारिस नगरेको पछि नेता राईनले पार्टीको प्रदेश कमिटि र जिल्ला समितिमा समेत निवेदन दर्ता गराएको बताए ।
उम्मेदवारीहरुको लिस्टमा आफ्नो नाम सिफारिस गराउन नेता राईनले विहिवार गराएको दर्ता नम्बर २५ रहेको छ । समावेशि समानुपाति हिसाबले पनि मेयरमा नभएर उपमेयरमा पनि मुस्लिम सामुदायलाई टिकट दिनुपर्ने आफ्नो माग रहेको उनले बताए ।

सम्बन्धित खबर