LIVE
पाँच वर्षमा जनलोकपालः संवैधानिक आधारमै प्रश्न, करोडौँ खर्च तर उपलब्धि शुन्य | मधेश प्रदेशका कर्मचारीलाई तलव १० प्रतिशत वृद्धि | वष्ठि साहित्यकार डा.राजेन्द्र विलमको राष्ट्रिय सम्मानसहित अन्येष्टि | रासायनिक मल कालोबजारी गर्ने तीन जना पक्राउ | जनकपुरधाममा गृहमन्त्री गुरुङ र आन्दोलनकारीबीच दोस्रो चरणको वार्ता जारि | भ्रष्टाचारले तुहियो ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’, किशोरी गुमाए अवसर | बारामा पार्टी कार्यालयलाई लिएर कांग्रेसका दुई समूहबीच झडप | हिन्दुवादी संगठनहरूको विरोधपछि हर्क साम्पाङको जानकी मन्दिर भ्रमण स्थगित | मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती |

जनकपुरधाम । ३ वैशाख
निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेश कुमार थपलियाले तोकिएको समयमा स्थानीय तहको निर्वाचन नभए मुलुक ठुलो दुर्घटनामा फस्न सक्ने बताएका छन् ।
शनिबार जनकपुरस्थित प्रदेश निर्वाचन कार्यालयले आयोजना गरेको स्थानीय तह निर्वाचन २०७९ मिडिया अभिमुखीकरण कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख आयुक्त थपलियाले निर्वाचनको मिति तोकिएर सम्पुर्ण तयारी भईसकेको अवस्थामा कुनै कारणले निर्वाचन रोकिएको खण्डमा मुलुक दुर्घटनामा पर्ने सक्ने बताए ।
निर्वाचनलाई अहिले भईरहेको विभिन्न विषयमा निर्वाचनको मिति तोक्नु अघि ति तमाम विषयमा छलफल भईसकेको बताउदै प्रमुख आयुक्तले थापलियाले भने,‘ लोकतन्त्रको गहना निर्वाचन हो । अब यसलाई तलमाथि वरपर वा अन्य कुनै तरिकाले सारिनु भनेको दुर्घटना निम्त्याउनु हो । यो लोकतन्त्रको निम्ति अत्यन्त अप्रिय विषय हुनसक्छ त्यस कारण निर्वाचन सँग डराउनु पर्ने आवश्यकता छैन ।’
प्रमुख आयुक्त थपलियाले निर्वाचनको क्रम भंग गर्ने अवस्था नरहेको भन्दै उनले निर्वाचन स्वच्छ, स्वतन्त्र र निष्पक्ष ढंगले हुने बताए । २०७९ साल भित्रै स्थानीय तह, प्रदेश र प्रतिनिधी सभाको निर्वाचन सम्पन्न गराएर मात्रै निर्वाचन आयोगलले धकाई मार्ने प्रमुख आयुक्त थपलियाले बताए ।


निर्वाचनकै माध्यले नयाँ संविधान २०७२ सालको अवधिक निर्वाचन गरेर मुलुकलाई सहि र व्यवस्थित ढंगले अगाडी बढाउन सकिने उनले बताए । मुलुकमा निर्वाचनको महौल बनाउन संचारमाध्यमको ठुलो सहयोग रहेको बताउदै प्रमुख आयुक्तले अव निर्वाचन सारिने वा तोकिएको मितिमा नहुने जस्ता भ्रममा नपर्ने सबै पक्षलाई आग्रहा समेत गरे ।
विगत जस्तो निर्वाचन आचार संहितालाई समान्य रुपमा नलिने चेतावनी दिदै प्रमुख आयुक्त थपिलियाले भने,‘ विगतमा निर्वाचन आचारसंहितको पालन भएन भएन वा पालन गर्नेलाई कारवाही भएन जस्तालाई विषयलाई नकोटआउनुस । अव निर्वाचन अचारसंहितालाई पालन नगर्ने उम्मेदवार दल तथा मिडियालाई कारवाही हुन्छ भने यहाँहरुसँग मेरो प्रतिवद्धता हो ।’
निर्वाचन आचारसंहितालाई हेर्नका लागि हरेक स्थानीय तहमा संयन्त्र बनाइएको बताए । कार्यक्रममा प्रेस काउन्सिलका सदस्य शेष लालबाबु, नेपाल पत्रकार महासंघका सचिव पवन अर्चायले निर्वाचनको समाचार सम्प्रेशन गर्न अपनाउनु पर्ने सावधानीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

सम्बन्धित खबर