जनकपुरधाम । १० बैशाख
सत्तारुढ दलहरुको मधेश प्रदेशमा अहिले चुनावी गठबन्धन हुन सकेको छैन ।
आईतवारदेखि उम्मेदवार मनोयन पत्र दर्ताको समय तोकिएपनि सत्तारुढ दलहरु बीच स्थानीय तहको सिट भागबण्डाको लागि पटक–पटक वैठक बसेपनि अहिले सम्म निर्णय हुन सकेको छैन । केन्द्रले मधेश प्रदेशका एक महानगरपालिका विरगंज र जनकपुरधाम उपमहनगरपालिकामा जनता समाजवाद पार्टी, कलैया नगरपालिकामा काँग्रेस, सिमरा जितपुरमा नेकपा माओवादी केन्द्रको नेतृत्व दिने सहमति गरेको छ । तर त्यस वाहेक अन्य पालिकाहरुमा प्रदेश स्तरबाट गरिने गठबन्धन अहिले सम्म हुन सकेको छैन । मधेश प्रदेशमा १ महानगरपालिका र ३ उपमहनगरपालिका रहेको छ । यिनिहरुमा केन्द्रले नै भागबण्डा गरिसकेको छ । बाँकी रहेका १३२ वटा पालिका मध्ये अहिले सम्म गठबन्धन हुन सकेको छैन ।
गठबन्धन दलका नेकपा एकिकृत समाजवादी पार्टीका मधेश प्रदेश अध्यक्ष रामचरित्र यादवले अहिले सम्म सिटबाडफाडमा सहमति नभएपनि गठबनधन दलहरु बीच सैद्धान्तिक सहमति भएको बताए । उनले भने, अहिले सम्म १३२ मध्ये कुन पार्टीले कति सिट पाउने त्यो निर्णय हुन सकेको छैन । तर समान्य रुपमा अहिले पुन पालिका जुन पार्टीले जितेको छ, त्यहि पार्टीलाई नेतृत्व दिने र जुन पालिकाबाट एमाले र लोसपा लगायतका दलहरु जितेका छन् त्यसमा गठबन्धन गर्ने मोटामोटि सहमति भएको छ ।’
त्यसैगरि, गठबन्धन दल भित्रैका कुनै एक दलले एक्कलै चुनाव लडने अवस्था आएपछि बाँकीका दलहरुले त्यस पालिकामा गठबन्धन गर्न सक्ने छुट दिन सक्ने सैद्धान्तिक सहमति भएको उनले बताए । प्रतिनिधी र प्रदेशभन्दा स्थानीय तहको चुनावीे प्राकृतिक फरक भएको उल्लेख गर्दै उनले भने,‘ कुनै एक वडाले पनि पालिकाको प्रमुख उपप्रमुखको चुनावमा प्रभाव पार्न सक्छ, त्यसैले हामी स्थानीय स्तरमै त्यसको व्यवस्थापन गर्न पार्टीका नेताहरुलाई जिम्मेवारी दिएका छौ । स्थानीय तहबाटै ति विवादहरु समाधान नभए सम्म प्रदेश गठबन्धनले आफ्नो पालिका अफ्लानो पार्टीलाई दिने भन्ने अवस्था छैन ।’
काँग्रेसका एक केन्द्रिय नेताले गठबन्धन दलहरु बीच सिट भागबण्डामा कुरा नमिलेपछि अहिले सम्म मधेश प्रदेशमा पुर्ण गठबन्धन हुने सम्भावना कम रहेको बताए । सबै दलले आफ्नो गुरुको वाहर टका जस्तै सबै पालिकामा आफ्नो संगठन बलियो रहेको दावि गर्छन, उनले भने,‘ यस्तोमा कसरी गठबन्धन हुन्छ । दलहरुले आफ्नो वास्तविक अवस्था नबुझे सम्म गठबन्धन सम्भव छैन । भोलि विहान एक चरण अझै वैठक हुन्छ त्यसमा पनि कुरा मिलेन भने मधेश प्रदेशमा पुर्ण गठबन्धन हुदैन ।’

सम्बन्धित खबर