LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । बैशाख १० गते
स्थानीय तहको निर्वाचनको समय नजिदै गर्दा नेतादेखि कार्यकर्ता सम्म तानातान भईरहेको अवस्थामा जनकपुरधामका चर्चित युवा नेता ईद महोम्मद साफी(जानी खान मधेशी) आफ्ना पुरानै मधेशवादी पार्टीमा फर्किने सम्भवना बढेको छ ।
सयौ युवाहरुसहित करिव १ वर्ष अघि नेकपा एमालेमा प्रवेश गरेका नेता खानलाई पार्टीले अहिले सम्म जनकपुरधाम वडा नम्बर ५ को वडाध्यक्षको टिकट सुनिश्चत नगरेकोले उनी पुरानै पार्टी जसपा वा लोसपामा फर्किने सम्भावना रहेको उनका निकटहरुको भनाई छ । एकलौटी रुपमा प्रतिनिधी सभा विघटन गरेपछि मधेशमा एमाले विरुद्ध लहर नै चलेको वेला खान सयौ युवासहित एमालेमा प्रवेश गरेका थिए । तर पार्टीले टिकट वित्तरणमा जात धर्म, पुजिपति र नव प्रवेशीहरुलाई प्राथमिता दिएपछि पछिल्लो समय खान पार्टीसँग असंतुष्ट देखिएको उनका एक सहयोगिले बताए ।

वडा भित्र भताभुङग रहेको पार्टी संगठनलाई बलियो बनाउन दिनरात खटेका तथा जनकपुरधाममा पार्टीको हरेक गतिविधिमा अग्र स्थानमा देखिने युवा नेता खानलाई पार्टीका केहि स्थानयि नेताहरु टिकटबाट वञ्चित गर्न षडयन्त्र गरिरहेका छन् । आफ्नै पार्टीका नेताहरु जात धर्म, पुजिपतिको अधारमा टिकट वित्तरण गर्न देखेपछि उनी मधेशवादी दलहरुसँग पछिल्लो समय नजिकिएका हुन् ।
मधेश आन्दोलन क्रममा अग्र मोर्चामा रहेर लोकप्रियता कमाएका खान गत स्थानीय तहको निर्वाचनमा जनकपुर वडा नम्बर ५ बाट केवल १२ मतले मात्रै पराजित भएका थिए । यस पटक वडामा चुनाव जित्ने सम्भावना देखेपछि पार्टी भित्रैका केहि स्थानीय नेताहरु धर्म र जातको अधारमा खानलाई टिकट नदिने षडयन्त्र गरिरहेको एमालेका एक नेताले बताए । एमालेका भातृ संगठन युवा संघका मधेश प्रदेश अध्यक्ष समेत रहेका खानलाई टिकट नदिए वडादेखि मेयर सम्ममा जनकपुरमा पार्टी हास्यास्पद हार हुने निश्चित रहेको ति नेताले दावि गरे ।

सम्बन्धित खबर