LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

जनकपुरधाम । ११ बैशाख
धनुषाको दुई वटा पालिका वाहेक सबैमा पालिकाहरुमा आईतवार उम्मेदवारी परेको छ ।
आईतवार र सोमवार दुई मनोयन पत्र दर्ता समय तोकिएकोले अधिकांश दलले आईतवार उम्मेदवार दर्ता गराउन सकेका छन् । आईतवार वटेशनर गाउँपालिका र मुखियापट्टी मुसिनियामा एक जनाले पनि उम्मेदवारी दर्ता गराएका छैनन् ।
आईतवार नेकपा एकिकृत समाजवादी पार्टी, जनमत पार्टी, बहुजन समाजवादी पार्टी, जनता लोकतान्त्रिक पाटी र राप्रपाले मात्रै कुनै पालिकामा उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । मनोयन पत्र दर्ताको पहिलो दिन धनुषा सत्तारुढ गठबन्धन दल र प्रमुख प्रतिपक्षि दल एमालेबाट कुनै पनि पालिकामा उम्मेदवारी दर्ता नगराईएको मुख्य निर्वाचन अधिकृत व्रजेश प्याकुरेलले जानकारी दिए । आईतवार जनकपुरधाम उपमहनरपालिकामा मेयर १० जना सहित १ सय ७१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
जनकपुरधाममा जनत पार्टीबात सरिता देवि साहले मेयरमा उम्मेदवारी दिईएकी छिन् । बाँकी ९ जना स्वतन्त्र उम्मेदवारी दिएका छन् । त्यसैगरि, लक्ष्मिनायामा गाउँपालिकामा पनि जनता र राप्रपाका उम्मेदवारसहित १० जना अध्यक्षमा उम्मेदवारी दिएका छन् । निर्वाचन अधिकृत चुडामनि फुयालका अनुसार अध्यक्षमा १०, उपाध्यक्षमा १, वडा अध्यक्षमा १०, महिला सदस्यमा ७, दलित सदस्यमा ८ र अन्य सदस्यमा १५ जना गरि ५२ जनाले उम्मेदवारी दिएका छन् ।
धनौजी गाउँपालिकामा लोसपा, जनमत पार्टी र स्वतन्त्र सहित अध्यक्षमा ३ गरि जम्मा ५० जनाले आईतवार नै उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरि, धनुषाधाम नगरपालिकामा मेयर र उपमेयर सहित २८ जना, गाणेशमान सिंह चारनाथमा जनमत र वहुजन समाजवादी पार्टीले उम्मेदवारी दर्ता गराएका छन् । नगराईन नगरपालिकामा एक जना स्वतन्त्र रुपमा वडा अध्यक्षमा उम्मेदवारी दिएका छन् । भने शहिद नगरपालिका जनमत पार्टीबाट मेयर उपमेयरसहित ३१ जनाले उम्मेदवारी दिएका छन् । औहरी गाउँपालिकामा जनमत पार्टीबाट अध्यक्ष सहित ३१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
त्यसैगरि, कमला नगरपालिका नेकपा एस, जनमत पार्टी र २ जना स्वतन्त्रसहित मेयरमा ४ जना गरि ८३ जना र जनक नन्दनी गाउँपालिकामा जनमत र नेकपा एस र एक स्वतन्त्रसहित अध्यक्ष ३ जना गरि ४१ जनाले आईतवार नै उम्मेदवारी दर्ता गराएका छन् । त्यसैगरि, मिथिला नगरपालिकामा जनमत पार्टी र २ स्वतन्त्रसहित मेयरमा ३ गरि ३९ जना, सबैला नगरपालिका जनमत र एक स्वतन्त्रसहित मेयरमा गरि जम्मा आईतवार २१ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
यता,धनुषामा जनकपुरधाम उपमहनगरपालिका वाहेक सबै १७ वटै पालिकामा सत्तारुढ दलको गठबन्धन टुटेको छ ।
मनोयन पत्र दर्ताको आज पहिलो दिन आईतवार धनुषाका दुई वटा पालिकामा एकिकृत समाजवादी पार्टी नेकपा एसले एकलौटी रुपमा उम्मेदवारी दर्ता गराएपछि धनुषामा गठबन्धनमा विभाजन आएको बताईएको छ । नेकपा एसले धनुषाका जनक नन्दनी गाउँपालिकामा अध्यक्ष र उपाध्यक्षमा र कमला नगरपालिकाको मेयर र उपमेयरमा एकलौटी रुपमा उम्मेदवारी दर्ता गराएको छ ।
धनुषाका दुई जना पालिका सत्तारुढ गठबन्धन दल नेकपा एसले एकलौटी रुपमा उम्मेदवारी दर्ता गराएपनि गठबन्धनका अन्य दलहरुले कुनै पनि पालिकामा आईतवार उम्मेदवारी दर्ता गराउन सकेको छैन ।

 

सम्बन्धित खबर