LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

महोत्तरी । महोत्तरीको लोहारपट्टी नगरपालिकामा नेकपा माओवादी केन्द्रबाट मेयरमा उम्मेदवारी दिएका कलामुदिन राईन(कलाम)ले घरदैलो अभियानलाई तिव्रता दिएका छन् ।
लोहरपट्टी नगरपालिकाको विभिन्न वडामा दैनिक रुपमा घरदैलो तथा चुनावी अभियान गर्दै आएका कलामले जनताको बीचमा आफ्ना चुनावी ऐण्डा र निर्वाचित भएपछि गर्ने विकास निर्माणको प्रतिवद्धता पनि गर्ने गरेका छन् । कुशल नेतृत्वको अभावमा लोहारपट्टी नगरवासीले विकासको अनुभुमि गर्न नसकेको बताउदै उम्मेदवार कलामले अहिले पनि प्रत्येक वडमा खाल्डाखुल्डी र समान्य वर्षा हुदाँ हिडनै नसक्ने गरि हिलो हुने गरेको छ, उम्मेदवार कलामले भने,‘ नगरपालिकाको शिक्षा, स्वास्थ्य,कृषि क्षेत्रमा विगतका मेयरले कुनै काम नै गरेका छैन । जनताले त्यसको मुल्याङकन गरि मतदान गर्छन् ।’

नगरपालिकामा भष्टाचार,कमिशनखोरी र ठेकेदारहरुको दवदवा भएको बताउदै उनले भने,‘ पछिल्लो नेतृत्वसँग आम नगरवासी रुष्ट भएका छन् । त्यसकारण यहाँका नगरवासीलाई नयाँ अनुहार र विकास प्रेमी उम्मेदवारको खोजिमा छन् ।’
आफु कुनै पदमा नभएरपनि नगरको विकास र नगरवासीको हरेक पीडामा सँगै रहेको दावि गर्दै नेता कलामले भने, यो निर्वाचन मात्र होईन यो प्रतिगमनकारीको विरुद्धको लडाई पनि हो । त्यसकारण हामीलाई विकासको साथसाथै लोकतन्त्र, गणतन्त्र र संघियतालाई बलियो बनाउने पार्टी माओवादी केन्द्रलाई मतदान गर्नुको विकल्प छैन ।’
विहिवार लोहारपट्टी नगरपालिका वडा नम्बर ६ भ्रमरपुरमा घरदैलो पश्चात कोण सभालाई कोणसभालाई सम्बोधन गर्दै नेता कलामले भने,‘ तपाईहरुको बीचमा हरेक पार्टीका नेताहरु आउछन्, सबैले विभिन्न प्रतिवद्धता गरेर जान्छन् । त्यसमध्ये केहिले विगतमा पनि तपाईहरुसँग विभिन्न प्रतिवद्धताहरु गरियो र निर्वाचनमा विजयी पनि भयो । तर पछिल्लो ५ सालमा एउटापनि प्रतिवद्धता पुरा गर्न सकेनन् । त्यसकारण यो निर्वाचन त्यस्ता व्यक्तिहरुसँग सावधान रहेर मतदान गर्नु होला ।’

त्यसैगरि माओवादी केन्द्रबाट लोहारपट्टी नगरपालिका वडा नम्बर ७ का उम्मेदवार मनोज साहले शिक्षा, स्वास्थ्य, कृषि क्षेत्रलाई सुधार गर्ने आफ्नो चुनावी एजेण्डा रहेको बताए । घरदैलो कार्यक्रममा उपमेयरका उम्मेदवार शोभा ठाकुर, युवा नेता हारुण राईन लगायतका सहभागिता रहेको थियो ।

सम्बन्धित खबर