LIVE
मधेशबाट झण्डै ८९हजार विद्यार्थी एसईई दिदै | मधेश प्रदेश सरकारद्वारा एसईई परीक्षा वहिस्कार | प्रहरीले चलाएको गोलिको लागेर धनुषामा एक युवक गम्भिर घाइते | यस वर्षको ‘महामुर्ख’को उपाधि मधेश प्रदेशका मुख्यमन्त्री सिंहलाई | होली पर्वको अवसरमा धनुषाको सुरक्षा र ट्राफिक व्यवस्था कडा | अन्तगृह परिक्रमा सम्पन्न, मुस्लिम नागरिक समाजद्वारा परिक्रमावासी चुरा र मिठा वित्तरण | महोत्तरी मलपोतका खरिदार अख्तियारको फान्दामा | मधेश प्रदेशका गृहमन्त्री लेखिको सुरक्षामा खटेका असई यादवको मृत्यु | अवैध रुपमा संचालित प्रदेशका ५८ वटा अस्पताल बन्द गर्न मुख्यमन्त्री सिंहको निर्देशन | श्रममन्त्रीको पहलमा महोत्तरीमा व्यवसायिक प्रशिक्षण केन्द्रको स्थापना हुँदै |

जनकपुरधाम । जग्गा व्यवस्थापनको माग गर्दै भुमिहिन तथा सुकुम्वासीहरुका बालबालिकाहरुले आईतवार सडकमा विरोध प्रदर्शन गरेका छन् ।
हाम्रो भविष्य के ? हाम्रो घर कता ? सहितका प्लेय कार्ड सहित दर्जनौ बालबालिका आफ्ना आमाबुवासँगै मधेश प्रदेश सरकारका मुख्यमन्त्री तथा मन्त्रि परिषद कार्यालय अगाडी विरोध प्रदर्शन गरेका हुन् । चुरे तथा वन जंगल अभियानको आन्दोलनमा समर्थन जनाएका उनीहरुले पछिल्लो १९ दिनदेखि जनकपुरधाममा चरणवद्ध रुपमा आन्दोलन गर्दै आएका छन् ।
सुकुम्बासी आन्दोलनकारी पुनम साहले बालबालिकाको भविष्य, शिक्षाको ग्यारेन्टी, गाँस, बास र कपाससहितको मौलिक अधिकारप्रति मधेश प्रदेश सरकार गम्भीर नभएको बताइन् ।
उनीहरु सिरहास्थित मारुती सिमेन्टले कब्जा गरेको वन बुटेनको जग्गा फिर्ता हुनुपर्नेलगायत विभिन्न ५ बुँदे माग राख्दै जनकपुरधाममा रिले अनसन गर्दै आएका छन् । विगतमा प्रदेश सरकारले गरेको ७ बुदे सम्झौता समेत कार्यान्वयन हुनुपर्ने आन्दोलनकारीहरुको माग छ ।

सम्बन्धित खबर