
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका र राष्ट्रिय भूमि आयोगबीच भूमिहीन सुकुम्बासीलाई जग्गा उपलब्ध गराउनेबारे सम्झौता भएको छ ।
सोमवार काठमाण्डौस्थित भुमि आयोगमा कार्यालयमा जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोजकुमार साह र आयोगका विज्ञ सदस्य टेकबहादुर शाहले सम्झौता पत्रमा हस्ताक्षर गरेका छन् । सहमति पश्चात मेयर साहले सम्झौता कार्यान्वयन छिटै नै अगाडी बढाउने बताए ।
जनकपुरधाम उपमहानगरपालिकामा करिब पाँच सय भूमिहीन सुकुम्बासी रहेको महानगरपालिकाको अनुमान छ । जग्गा पाउन योग्य वास्तविक सुकुम्बासीको आवेदन वडास्तरबाटै आह्वान गरेर जग्गा उपलब्ध गराउने प्रकृया सुरुवात गर्ने उपमहानगरपालिकाले तयारी गरेको उनले बताए ।
मेयर साहले भने,‘ सुकुम्वासीहरुको आवेदन गरेको छ । आवेदन उपर छानबिन गरि वास्तविक सुकुम्बासी पहिचान गरी जग्गा प्रदान गर्छौ ।’
वडामा आवेदन परेपछि सम्बन्धित व्यक्तिको नाममा कुनै अचल सम्पत्ती रहे÷नरहेको छानबीन गर्न मालपोत र नापी कार्यालयमा मोठ भिडाइनेछ । छानबीन टुंगिएपछि आयोगको सहयोगमा नेपाल सरकारको नाममा रहेको परती, ऐलानी जग्गा सुकुम्वासीहरुलाई उपलब्ध गराईने छ ।