LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । जनकपुरधाम बजार भित्र रहेका चौपया गाईसहितका जानवरलाई नियन्त्रण गर्न जनकपुरधाम उपमहानगरपालिकाले गौशाला निर्माण गर्ने भएको छ ।
जनकपुरधाम बजारको विभिन्न चोक तथा सडकहरुमा पाईने चौपया गाईवस्तुले ट्राफिक व्यवस्थापनदेखि सरसफाईमा समेत प्रभावित हुने गरेकोले उपमहानगरपालिले त्यसलाई नियन्त्रण गर्न गौशलान निर्माण गर्न लागेको छ । जनकपुरधाम उपमहनगरपालिका मेयर मनोज कुमार साहले विहिवार विहान एक कार्यक्रम बीच जनकपुरधाम–१२ कुवामा गौशालाको शिलान्यास गरेका छन् । उपमहानगरपालिकाले स्थानीय राजदेवि मन्दिर अधिनस्त गुठी संस्थानको करिव एक विद्या जग्गामा करिव १ करोडको लागतमा सुविधा सम्पन्न गौशालाको निर्माण पक्रिया अगाडी बढाएको छ ।
शिलान्यास कार्याक्रममा मेयर साहले चौपया गाईवस्तुलाई नियन्त्रण गर्न आवश्यक देखिएकोले गौशला निर्माण कार्य अगाडी बढाएको बताए । चौपया गाईवस्तुले ट्राफिक व्यवस्थापनदेखि नगरको सरसफाईमा समस्या हुदै आएको उल्लेख गर्दै मेयर साहले भने,‘ गौशला निर्माण भएपछि बजार भित्रका सडक तथा चोकहरुमा अव एउटापनि चौपया गाईवस्तु देखिदैनन्, यसले शहरको सुन्दरता समेत वृद्धि हुन्छ ।’ ७० भन्दा बढी गाईवस्तुको लागि अहार, पानिको व्यवस्था गरिने छ भने त्यसको रेखदेखको लागि उपमहनगरपालिकाले २४ घण्टा कर्मचारी खटाईने छ ।’
त्यसैगरि, बजार पाईने चौपया गाईवस्तुलाई गौशलामा लगिने र पहिलो चोटीको लागि जरिवना लिएर मात्रै छोडिने छ । उनले नगरभित्र कुकुर व्यवस्थापनको कार्यलाई पनि चाडै अगाडी बढाउने बताए ।


त्यसैगरि, मेयर साहले जनकपुरधाम वडा नम्बर ८मा पार्किङ्ग स्थल समेत निर्माणको पक्रिया चाडै अगाडी बढाउने बताए । दशरत मन्दिरको पछाडि रहेको रहेको गुठी जग्गामा पार्किङ्ग स्थल स्थापना गरेर बजारमा देखिएका ट्राफिक समस्यालाई समाधान गर्न सकिने मेयर साहले बताए ।

सम्बन्धित खबर