
मंसिर ४ मा हुने प्रतिनिधिसभाको निर्वाचनएमालेको क्षेत्रीय बैठकबाट क्षेत्र नम्बर ३ मा पोलिटव्यूरो सदस्य जुलीकुमारी महतो र क्षेत्र नम्बर ४ को बैठकबाट स्थायी समिति सदस्य रघुवीर महासेठको एकल नाम सिफारिस भएको एमाले धनुषाका जिल्ला नेता बचनदेव पँजियारले बताए । क्षेत्रीय बैठकबाट सिफारिस भएपछि सोको निर्णय एमाले धनुषाको जिल्ला कमिटी बैठकले प्रदेश कार्य समितिलाई निर्णय गरि पठाउने छ । धनुषा क्षेत्र नं. ३ र ४ का लागि महासेठ दम्पतीलाई उम्मेदवारका लागि सिफारिस गरेको हो ।२०७४ को निर्वाचनमा महतो समानुपातिकबाट सांसद बनेकी थिइन् भने महासेठ धनुषा क्षेत्र नं. ४ बाट निर्वाचित भएका हुन ।
