LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

फाएजा फहमीदा
जनकपुरधाम । प्रत्येक वर्ष झै यस वर्ष पनि दशैको अवसरमा जनकपुरधामका शक्तिपीठहरूलाई दुलहीझैँ सिँगारिएको छ ।
यहाँका विभिन्न शक्तिपीठहरूमा भव्य आकर्षक स्वागतद्वारा एवम् पण्डालहरू बनाइएका छन् । विद्युति बल्वहरुले यहाँका मठमन्दिरको रौनकका चारचाँद गरेको छ । रातीको समयमा ति मन्दिरहरुले दिउँसोभन्दा बढी आकर्षक लाग्ने गरेका छन् । दशैमा अन्य मठमन्दिरभन्दा मिथिलाका राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई बढी सिँगारिने गरिन्छ ।


जनकपुरधामका राम युवा कमिटि, महाविर युवा कमिटि, गणेश युवा कमिटिले संयुक्त रुपमा कामको विभाजन गरि दशैलाई भव्य बनाउने जिम्मेवारी लिएको छ । राजदेवि मन्दिर, राम मन्दिरहरुको सिँगारिने देखि लिएर मेलाको व्यवस्थापनको जिम्मेवारी मुख्य रुपमा महाविर युवा कमिटि र रामयुवा कमिटिले लिदै आएको छ ।


राजदेवि मन्दिरमा चढने बलिबोकाबाट आउने आम्दनीबाट ति संस्थाहरुले मन्दिरलाई सिँगारिने काम गर्दै आएको राममन्दिरका महन्थ राम गिरिले बताए ।
त्यसैगरि, जनकपुरका बौद्धिमाई, अमरखाना माई, पिडरियामाई, फुलेश्वरी माई, सोनासति मन्दिर, दक्षिणकाली मन्दिरलगायतका अन्य दर्जनौं शक्तिपीठहरूलाई पनि झकिझकाउ बनाइएको छ ।
त्यस्तै, रामानन्द चोक, विद्यापति चोक, भ्रमरपुरा चोकसहितका स्थानहरूमा दुर्गाको भव्य प्रतिमाहरू पनि बनाइएका छन् । दसैंको सुरुवातसँगै जनकपुरधामका शक्तिपीठहरूमा श्रद्धालु भक्तजनको घुइँचो देखिएको छ ।

सम्बन्धित खबर