LIVE
सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ | पर्सा राष्ट्रिय निकुञ्जबाट १६६ केजी गाँजासहित दुई जना पक्राउ | सेवाग्राहीमाथि हातपात गर्ने यातायात कार्यालय बाराका प्रमुख अर्चायको जिम्मेवारी खोस्यो | विभिन्न मुद्दामा फरार रहेका ११ जना एकै दिनमा पक्राउ | मधेश प्रदेश सरकारविरुद्ध विपक्षी दलहरु आक्रामक, बजेट संशोधनको माग | गौशालामा बजार ठेक्का विवाद चर्कियो, नगर प्रहरी पक्राउपछि नगरपालिका सेवा ठप्प | असई थमन विक हत्या प्रकरणमा दोषि ठहर भएका पुर्व साँसद महतो पक्राउ | मधेश प्रदेशमा दलहरु बीचको विवादले बजेटमाथिको छलफल अन्यौलमा | धान दिवसमा जलवायुमैत्री खेतीमा जोड | जानकी प्लास्टिक उद्योगमा छापा, छापापछि रातारात नक्कली पाइप गायब, सञ्चालिका फरार |

फाएजा फहमीदा
जनकपुरधाम । प्रत्येक वर्ष झै यस वर्ष पनि दशैको अवसरमा जनकपुरधामका शक्तिपीठहरूलाई दुलहीझैँ सिँगारिएको छ ।
यहाँका विभिन्न शक्तिपीठहरूमा भव्य आकर्षक स्वागतद्वारा एवम् पण्डालहरू बनाइएका छन् । विद्युति बल्वहरुले यहाँका मठमन्दिरको रौनकका चारचाँद गरेको छ । रातीको समयमा ति मन्दिरहरुले दिउँसोभन्दा बढी आकर्षक लाग्ने गरेका छन् । दशैमा अन्य मठमन्दिरभन्दा मिथिलाका राजा जनककी कुलदेवी राजदेवी मन्दिरलाई बढी सिँगारिने गरिन्छ ।


जनकपुरधामका राम युवा कमिटि, महाविर युवा कमिटि, गणेश युवा कमिटिले संयुक्त रुपमा कामको विभाजन गरि दशैलाई भव्य बनाउने जिम्मेवारी लिएको छ । राजदेवि मन्दिर, राम मन्दिरहरुको सिँगारिने देखि लिएर मेलाको व्यवस्थापनको जिम्मेवारी मुख्य रुपमा महाविर युवा कमिटि र रामयुवा कमिटिले लिदै आएको छ ।


राजदेवि मन्दिरमा चढने बलिबोकाबाट आउने आम्दनीबाट ति संस्थाहरुले मन्दिरलाई सिँगारिने काम गर्दै आएको राममन्दिरका महन्थ राम गिरिले बताए ।
त्यसैगरि, जनकपुरका बौद्धिमाई, अमरखाना माई, पिडरियामाई, फुलेश्वरी माई, सोनासति मन्दिर, दक्षिणकाली मन्दिरलगायतका अन्य दर्जनौं शक्तिपीठहरूलाई पनि झकिझकाउ बनाइएको छ ।
त्यस्तै, रामानन्द चोक, विद्यापति चोक, भ्रमरपुरा चोकसहितका स्थानहरूमा दुर्गाको भव्य प्रतिमाहरू पनि बनाइएका छन् । दसैंको सुरुवातसँगै जनकपुरधामका शक्तिपीठहरूमा श्रद्धालु भक्तजनको घुइँचो देखिएको छ ।

सम्बन्धित खबर