LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

टी-२० विश्वकप क्रिकेटमा आज भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल यात्रालाई कायमै राख्न भारतले बंगलादेशलाई पराजित गर्नैपर्ने हुन्छ ।
अस्ट्रेलियाको एडिलेड ओभलमा हुने खेलमा भारत जित निकाल्ने दाउमा हुनेछ । बंगलादेश पनि भारतलाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमा छ ।
बंगलादेशलाई पराजित गर्दै भारतलाई चार खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिने अवसर छ । यता, बंगलादेश पनि भारतलाई हराउँदै शीर्ष स्थानमै उक्लिने लक्ष्यमा छ । समूह–१ को शीर्ष स्थानमा दक्षिण अफ्रिका रहेको छ । दक्षिण अफ्रिकाको तीन खेलबाट पाँच अंक छ ।
दोस्रो स्थानमा रहेको भारतको तीन खेलबाट चार अंक हुँदा समान खेलबाट चार अंक नै बनाएको बंगलादेश तेस्रो र जिम्बाब्वे चौथो स्थानमा छ । यता, तीन खेलबाट दुई अंक बनाएको पाकिस्तान पाँचौँ स्थानमा रहँदा नेदरल्याण्ड्स भने अंकविहीन छ ।

सम्बन्धित खबर