LIVE
अनुगमनको शैलीप्रति असन्तुष्टि जनाउँदै जलेश्वरका व्यवसायीद्वारा बजार बन्द | मधेशमा अख्तियारका उजुरीको केन्द्र स्थानीय तह, धनुषा दोस्रो स्थानमा | जनमतको अध्यक्षमा डा. राउतको निरन्तरता, महासचिवमा सञ्जय यादव | जानकी मन्दिरलाई विश्वसम्पदा सुचिमा राख्न पुनः तयारी | साढे तीन करोडको भीभीआईपी गाडी खरिदबाट मधेश सरकार पछि हट्यो | देउवा पक्षको महोत्तरी जिल्ला संयोजकमा रामदयाल यादव | भारी वर्षाको चेतावनीसँगै मधेशमा ‘रेड अलर्ट’ शैलीको तयारी | मधेश प्रदेश साँसद जैनब खातुनको निधन | होटल पौवाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरे ११ लाख सहयोग | पोखरी अतिक्रमण हटाउन ‘अन्तिम मौका’, गुठीले दियो थप १५ दिन |

टी-२० विश्वकप क्रिकेटमा आज भारतले बंगलादेशसँग प्रतिस्पर्धा गर्दैछ । सेमिफाइनल यात्रालाई कायमै राख्न भारतले बंगलादेशलाई पराजित गर्नैपर्ने हुन्छ ।
अस्ट्रेलियाको एडिलेड ओभलमा हुने खेलमा भारत जित निकाल्ने दाउमा हुनेछ । बंगलादेश पनि भारतलाई पराजित गर्दै सेमिफाइनल पुग्ने सम्भावनालाई कायमै राख्ने दाउमा छ ।
बंगलादेशलाई पराजित गर्दै भारतलाई चार खेलबाट ६ अंक जोडेर शीर्ष स्थानमा उक्लिने अवसर छ । यता, बंगलादेश पनि भारतलाई हराउँदै शीर्ष स्थानमै उक्लिने लक्ष्यमा छ । समूह–१ को शीर्ष स्थानमा दक्षिण अफ्रिका रहेको छ । दक्षिण अफ्रिकाको तीन खेलबाट पाँच अंक छ ।
दोस्रो स्थानमा रहेको भारतको तीन खेलबाट चार अंक हुँदा समान खेलबाट चार अंक नै बनाएको बंगलादेश तेस्रो र जिम्बाब्वे चौथो स्थानमा छ । यता, तीन खेलबाट दुई अंक बनाएको पाकिस्तान पाँचौँ स्थानमा रहँदा नेदरल्याण्ड्स भने अंकविहीन छ ।

सम्बन्धित खबर