LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

मो.इन्तेखाब आलम
जनकपुरधाम । हाते ट्याक्टरका लागि आर्थिक वर्ष २०७९।८० मा जनकपुरधाम उपमहानगरपालिकाले २१लाख  रकम विनियोजन गरेको छ । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका १४ वटा ग्रामिण वडामा सो हाते ट्याक्टर ५० प्रतिशत अनुदान खरिद तथा वितरण गर्ने योजना रहेको जनकपुरधाम उपमहानगरपालिकाका कृषि शाखा प्रमुख गुरुदेव प्रसाद साहले बताए । कार्यक्रम नगर सभाले पारित भई हाल चुनाव भएकाले सो कार्यक्रम संचालन हुन नसकेको उनले बताए । चुनाव पछि कार्यक्रम गति लिने उनले भने ।

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका ग्रामिण वडाका किसानहरुलाई कृषि कार्य गर्नमा सहज र कृषि उत्पादनमा बढोत्तरी गर्न उदेश्यले सो योजना संचालन गर्न लागेको साहले बताए । हाते मेशिन धान,गहु काटनका लागि आर्थिक वर्ष २०७९।८० का लागि जनकपुरधाम उपमहानगरपालिकाले २ लाख ५० हजार रकम विनियोजन गरेको छ । जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका १४ वटा ग्रामिन वडाहरुमा सो कार्यक्रम ५० प्रतिशत अनुदानमा खरिद तथा वितरण गर्न लागेको साहले भने । किसानहरुलाई धानवाली गहुवाली कटान गर्नमा सहज र धान गहु काटनका लागि हुने गरेको बढी खर्चमा समेत कमी आउने उनले विश्वास व्यक्त गरे ।

जनकपुरधाम उपमहानगरपालिका भित्र रहेका ग्रमिण वडाहरुमा धानवाली,गहुवाली किसानहरुले बढी उत्पादन गरदै आईरहेको हुनाले यस्ता योजनाहरुले किसानहरुलाई कृषि कार्य गर्नमा सहज हुने उनले बताए । उत्पादन भन्दा कृषि लागत बढी हुने गरेको कृषकहरुको गुनासोलाई मध्येनजर राख्दै जनकपुरधाम उपमहानगरपालिकाले यस्ता योजनालाई प्राथमिकता दिने गरेको साहले बताए । स्प्रेयर मशिनका लागि आर्थिक वर्ष २०७९।८० का लागि २ लाख ५० हजार रकम जनकपुरधाम उपमहानगरपालिकाले विनियोजन गरेको साहले बताए ।

कृषि खेतीमा जनकपुरधामका ग्रामिण क्षेत्रका किसानहरुको जिवन यापनका लागि मुख्य पेशा कृषि रहेकाले र यस्ता कार्यक्रमले जनकपुर उपमहानगरपालिका भित्रका ग्रामिण किसानहरुलाई बढी लाभ हुन सक्ने साहले बताए । खेतेपाती गर्दा विरुवाहरुमा लाग्ने रोगहरुलाई समाप्त पार्नका निमित स्प्रेयर मशिन किसानहरुलाई ५० प्रतिशत अनुदान खरिद तथा वितरण कार्यक्रम रहेको साहले भने । कार्यक्रमहरु नगर सभाले पारित भई हाल चुनावका कारण संचालन हुन नसकेको उनले बताए । कृषि उत्पादन बृद्धीका लागि जनकपुरधाम उपमहानगरपालिकाका ग्रामिण वडाहरुमा कृषि भावी योजनाहरु संचालन गरि जनकपुधाम उपमहानगरपालिकालाई नमुना कृषि ग्रामिण वडा बनाउन निमित कार्यक्रम संचालन गर्न लागेको साहले बताए ।

साना किसान सिचाँईका लागि जनकपुरधाम उपमहानगरपालिकाले आर्थिक वर्ष २०७९।८० का लागी २ लाख २५ हजार रकम विनियोजन गरेको उनले बताए । कम जग्गा जमीन रहेका किसानहरुलाई ५० प्रतिशत अनुदानमा २ हर्ज पावरको पानी तान्ने मोटर जनकपुरधाम उपमहानगरपालिकाका ग्रमिण वडाका कृषकहरुलाई दिने योजना रहेको साहले बताए । कार्यक्रम संचालन पश्चात जनकपुरधाम उपमहानगरपालिकाका उप मेयर, प्रशाशकीय अधिकृत र इन्जिनयर लागायतले अनुगमन निरिक्षण गर्ने गरेको उनले जानकारी गराए ।

कार्यक्रमहरु प्रारर्दशित ढंग र गुण्स्तरिय रुपमा गर्नका लागि निर्माण व्यवसाय, कोटेशन, र उपभोक्ता समितीले समझौता पत्रमा उल्लेख कानुन वमोजिम कार्यक्रम गर्न भनिएको उनले बताए । कार्यक्रम संचालन गर्दा राजनितिक प्रभावमा नपरि जनहितका लागि कार्यक्रमहरु संचालन हुने गरेको उनले बताए । जनकपुरधाम उपमहानगरपालिका भित्रका २५ वटा वडाहरुले योजना छनौट गरेर बुझाए पछि योजनहरु वार्षिक कार्यक्रममा समावेश हुने गरेको उनले बताए ।

सम्बन्धित खबर