LIVE
महिलाकी पीडा नबुझ्ने शिक्षामन्त्री रानी, अलपत्रमा ‘मुख्यमन्त्री बेटी पढाऊँ, बेटी बचाऊँ’ अभियान | मधेश प्रदेशको बजेट अलपत्र, सत्तारुढमा अन्तरिक कलह, विपक्षीद्वारा पुर्नेखनको माग | जसपा प्रदेश अध्यक्ष यादव पक्राउ प्रयासमा डिएसपीको गाडीमा तोडफोड | नमुना संसदीय अभ्यासः युवाद्वारा सरकारको आलोचना र नीतिगत बहस | मधेश प्रदेश स्वास्थ्य आपूर्ति केन्द्रमा चलखेल, डा. कुशवाहा हटाइयो | विलासिता करको बिरोध गर्दै जनकपुरका सुनचाँदी व्यवसायीद्वारा प्रदर्शन |  ट्रयाक्टर दुर्घटनामा चालकसहित ३ को मुत्यु | सिकाई पल्स परियोजनाले शिक्षा क्षेत्रमा उल्लेखनीय प्रगति गरे पनि चुनौती कायमै | बजेटलाई लिएर मधेश प्रदेश सरकार गठबन्धनमा लफडा | अन्तर प्रदेश राष्ट्रिय कबड्डी प्रतियोगिताको पुरस्कार राशि न्युन तोकेर आलोचित बन्यो मधेश सरकार |

मो.इन्तेखाब आलम
जनकपुरधाम । जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा गाउँ ब्लक अन्तर्गत रहेका जमीनको शुक्रवार लाल पूर्जा वितरण भएको छ । जनकपुरधाम उपमहानगरपालिकाका मेयर मनोज साहको प्रमूख अतिथि र जनकपुरधाम उपमहानगरपालिका लोहना २५ का वाडा अध्यक्ष चन्देश्वर साहको अध्यक्षतामा सो जमीनको लाल पूर्जा वितरण गरेको छ । जनकपुरधाम उपमहानगरपालिका लोहना २५ मा रहेका गाउँ ब्लक जमीनमा बसोबास गरदै आईरहेका ५४० जना घरपरिवारहरुलाई जमीनको लाल पूर्जा वितरण गरेको छ । नापी कार्यालय धनुषाले जनकपुरधाम उपमहानगरपालिका लोहना २५ को वडा कार्यालयमा गाउँ ब्लक जमीनको लाल पूर्जा वितरण गरदै जमीनको लाल पूर्जाका साथ सबैलाई एक एक वटा रुखको विरुवा समेत वितरण गरेको नापी कार्यालय धनुषाका प्रमूख सुमन कुमार मिश्रले बताए । सो गाउँ ब्लक जमीनको लाल पूर्जा वितरण कार्यक्रम जनकपुरधाम उपमहानगरपालिका लोहना २५मा ३ दिन सम्म हुने नापी कार्यालय धनुषाका प्रमूख सुमन किशोर मिश्रले बताए ।

सम्बन्धित खबर