
काठमाडौं । बलिउड अभिनेता सलमान खानलाई पुनः ज्यान मार्ने धम्की आएको छ । मुम्बई प्रहरीले धम्की दिनेविरुद्ध मुद्दा दायर गर्दै घटनाबारे अनुसन्धान थालेको छ । सलमान निकटका एक सहयोगीलाई प्रेषित त्यस्तो इमेल धम्कीमा माफिया डन लरेन्स बिश्नोइको हालैको एक अन्तर्वार्तालाई उध्दृत गरिएको जसको उद्देश्य सलमान खानलाई मार्नु थियो ।बान्द्रा प्रहरीले बान्द्रा पश्चिमस्थित सलमानको घर बाहिर सुरक्षालाई कडा बनाएको छ । साथै, बिश्नोई र उनका सहयोगी गोल्डी ब्रारलाई पक्राउ गर्दै घटनाबारे अनुसन्धान थालेको छ । हिन्दी भाषामा पठाइएको उक्त इमेल रोहित गर्गबाट आएको थियो, जसले अभिनेतासँग कुरा गर्न चाहन्थे र ‘टिम सलमान’ को उजुरीपछि प्रहरीले उनलाई पनि मुद्दा दायर गरेको थियो ।