LIVE
मत्तरीको सिमावर्ति क्षेत्रमा ६ हजार किलो स्याउसहित तीन सवारी नियन्त्रणमा | कमला नदीमा निर्माणाधीन पुल नजिकको डाइभर्सन फेरि बग्यो, आवतजावत अवरुद्ध | युवालाई दुव्र्यसनबाट जोगाउन मधेश प्रहरीद्वारा विशेष अभियान | सहमति पश्चात मृतकको शव बुझे परिवारजन | भत्काउने हल्लाले जनकपुरधाममा गुठीको जग्गामा घर बनाएर बसेकाहरुद्वारा विरोध प्रर्दशन | पहिचान नखुल्दा मृतक महिलाको पोस्टमार्टमा ढिलाई | भोलि साँझदेखि तीव्र गतिको हुरी चल्ने, सतर्क रहन आग्रह | जिसस प्रमुखलाई पत्रकार महासंघ धनुषाले बुझायो ध्यानाकर्षण पत्र | वीरगञ्जमा तीन हजार व्यवसाय अस्तव्यस्त, नौ हजार रोजगारी धरापमा, बजारमा त्रासको माहोल | जंगली बँदेलको आक्रमणबाट सर्लाहीमा एक जनाको मृत्यु |

काठमाडौं । अलपत्र रहेको चितवनको गौतमबुद्ध क्रिकेट रंगशालालाई लिएर सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली तनावमा छन् । धुर्मुसले भिडियो सन्देशमार्फत निर्माणको जिम्मा लिन सरकारलाई अनुरोध गरेको केही दिनमै सुन्तलीले आफू मानसिक यातनाले विक्षिप्त बनेको बताएकी छन् ।आफ्नो इनबक्समा नग्न तस्वीर आउन थालेको भन्दै सुन्तलीले सुन्नै नसकिने शब्दका गालीगलौजले आफूलाई मानसिक यातना भएको गुनासो गरेकी छन् । ‘अब सुन्न र सहन सक्ने शक्ति छैन ममा, कि मलाई सफाइ देऊ कि सजाय । तर जे गर्छौ छिटो गर ।’

आफूलाई तुच्छ गालीको वर्षा भइरहेको भन्दै कुञ्जनाले राज्यसँग मन दुखेको टिप्पणी गरेकी छन् । उनले लेखेकी छन्, ‘अबको हरेक वार्ता खुलेआम रंगशालाको मैदानमा गरियोस् न कि बन्द कोठामा । मलाई मेरो इनबक्समा नग्न तस्वीर पठाउन सुरू भएको छ, विभिन्न तुच्छ गालीको वर्षा भइरहेको छ । म पनि मान्छे हँु, धेरै मन दुखेको छ राज्य र राष्ट्रसँग ।’

सुन्तलीको यो मर्मस्पर्शी पोस्टमा फ्यान र साथीभाइले चिन्ता नलिन र साहस बटुल्न सल्लाह दिएका छन् । अभिनेता तथा हास्य कलाकार मनोज गजुरेलले बलियो हुन सुझाएका छन् । रंगशाला बनाउँदा धुर्मुसलाई १८ करोडभन्दा बढी ऋण लागेको छ । सहयोग कबुल गरेकाले पनि अहिले आएर बेवास्ता गरेपनि धुर्मुस चिन्तामा छन् । रंगशालामा निर्माणमा धुर्मुस-सुन्तलीले अनियमितता गरेको भन्दै कतिपयले विरोध पनि गरिरहेका छन् ।

फिल्म ‘सेन्टी भाइरस’ रिलिज भएपछि यो जोडी रंगशाला निर्माणतर्फ लागेको थियो । त्यसपछि उनीहरु अभिनयबाट टाढिएका थिए । केही महिनाअघि अनलाइनखबरसँग कुरा गर्दै धुर्मुसले रंगशालाको विवाद साम्य भएपछि आफू फिल्म र अभिनयमा फर्कने बताएका थिए ।

सम्बन्धित खबर