LIVE
राजनीतिक परिवर्तनले मात्रै पिछडा वर्गको विकास हुदैन ः अध्यक्ष यादव | बाराका पानी उद्योगका प्रबन्धक सिंहको हत्या प्रकरणमा दुई जना पक्राउ | महोत्तरीका जेनजी युवाहरूले सिडिओ र अस्पताल प्रमुखलाई बुझाए ज्ञापनपत्र | सत्ताव्यापी विवाहपञ्चमी महोत्सव,दिउँसो स्वयम्बर, राती विवाह | विवाहपञ्चमी महोत्सवअन्तर्गत सोमवार मटकोर कार्यक्रम सम्पन्न, भोलि विवाह हुने | मुख्यमन्त्री तोके बिना विभागीय मन्त्रीहरुको जिम्मेवारी | विवाहपञ्चमी महोत्सव अन्तर्गत आईतवार तिलकोत्सव सम्पन्न | रामजानकी अन्तर्राष्ट्रिय रंगशाला मन्त्रीद्वयद्धारा निरीक्षण | मुख्यमन्त्री सरकारी निवास ः सोनल आउट, सरोज इन | सभामुख मण्डल पदमुक्त |

जनकपुरधाम । नेपाली काँग्रेसका भातृ संगठन नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशन विरोधका बीच भएको छ ।
नेपाली कांग्रेसका पुर्वउपसभापती तथा प्रतिनिधीसभा सांसद विमलेन्द्र निधी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पार्टीको विधान विपरित भईरहेको भन्दै असंतुष्ट पक्षले विरोध गरेपछि कार्यक्रम हंगामा भएको थियो । कार्यक्रममा पुर्व उपसभापति निधीको मन्तव्य समाप्त भएलगतै पार्टीका संस्थापन पक्षकै युवा नेता अताबुल हकको नेतृत्वको एक समुहले हो हल्ला गर्दै कार्यक्रम वहिस्कार गरेका थिए ।
१४ वर्षदेखि एउटै व्यक्ति संघको अध्यक्षमा रहदै आएको र संघ एकलौटी रुपमा संचालन गरेको भन्दै उनीहरुले विरोध गरेका थिए । गत निर्वाचनमा पार्टीमा भएपनि पार्टीका उम्मेदवार विरुद्ध षडयन्त्र गरेकोले संघका अध्यक्ष इब्राहिम राईनलाई पार्टीका धनुषा निर्वाचन क्षेत्र नम्बर ४ क्षेत्रिय समितिले कारर्वाही गरेको व्यक्तिलाई नेता निधीले पुनः संघको अध्यक्ष बनाउन खोजेको हकले आरोप लगाए ।
संघको जिल्ला अधिवेशन अघि संघको पालिका अधिवेशन, क्षेत्रिय अधिवेशन समेत नगरि अवैधानिक रुपमा जिल्ला अधिवेशन गरेको उनले बताए ।

सम्बन्धित खबर