LIVE
एमालेसहितको समर्थनमा मुख्यमन्त्री यादवले पाए विश्वासको मत | सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत यादव ७२ हजार घुससहित पक्राउ | मधेश सरकारमा फेरबदल, जसपाको ढुलमुल नीतिले नयाँ गठबन्धन बनाए मुख्यमन्त्री यादव | बजेट अघि निजी क्षेत्रले प्रदेश सरकारलाई दिए २० बुँदे सुझाव | गगन थापाको नेतृत्वमा एकजुट हुन महेन्द्र यादवको आह्वान | बाल श्रममुक्त स्थानीय तह घोषणा कार्यविधि कार्यान्वयनमा जोड | नेपाली कांग्रेस धनुषाका क्षेत्रीय सभापति निधिको निधन | यातायात व्यवस्था कार्यालय जनकपुरधामबाट तीन विचौलियालाई पक्राउ | मधेशमा सत्ता परिवर्तनको खेल ः सत्ता जोगाउन विश्वासको मतबाट पछि हटे मुख्यमन्त्री यादव | मधेशलाई साक्षर घोषणा गर्न तयार पारिएको प्रतिवेदन संघ र प्रदेश सरकारलाई हस्तान्तरण |

जनकपुरधाम । नेपाली काँग्रेसका भातृ संगठन नेपाल मुस्लिम संघ धनुषाको तेस्रो जिल्ला अधिवेशन विरोधका बीच भएको छ ।
नेपाली कांग्रेसका पुर्वउपसभापती तथा प्रतिनिधीसभा सांसद विमलेन्द्र निधी प्रमुख अतिथि रहेको उक्त कार्यक्रममा पार्टीको विधान विपरित भईरहेको भन्दै असंतुष्ट पक्षले विरोध गरेपछि कार्यक्रम हंगामा भएको थियो । कार्यक्रममा पुर्व उपसभापति निधीको मन्तव्य समाप्त भएलगतै पार्टीका संस्थापन पक्षकै युवा नेता अताबुल हकको नेतृत्वको एक समुहले हो हल्ला गर्दै कार्यक्रम वहिस्कार गरेका थिए ।
१४ वर्षदेखि एउटै व्यक्ति संघको अध्यक्षमा रहदै आएको र संघ एकलौटी रुपमा संचालन गरेको भन्दै उनीहरुले विरोध गरेका थिए । गत निर्वाचनमा पार्टीमा भएपनि पार्टीका उम्मेदवार विरुद्ध षडयन्त्र गरेकोले संघका अध्यक्ष इब्राहिम राईनलाई पार्टीका धनुषा निर्वाचन क्षेत्र नम्बर ४ क्षेत्रिय समितिले कारर्वाही गरेको व्यक्तिलाई नेता निधीले पुनः संघको अध्यक्ष बनाउन खोजेको हकले आरोप लगाए ।
संघको जिल्ला अधिवेशन अघि संघको पालिका अधिवेशन, क्षेत्रिय अधिवेशन समेत नगरि अवैधानिक रुपमा जिल्ला अधिवेशन गरेको उनले बताए ।

सम्बन्धित खबर