LIVE
वनरक्षक भर्ना गर्दै मधेश प्रदेश सरकार | जनकपुर साहित्य महोत्सवको छैटौ संस्करण सम्पन्न | संघीय समाजवादी नेपाल र बहुजन एकता पार्टी वैकल्पिक मोर्चाको तयारीमा | महोत्सवको दोस्रो दिन फरक–फरक विषयमा गहन बहस | मुस्लिम समुदायको क्षमता विकास सम्बन्धी कार्यक्रम सम्पन्न | मधेश प्रदेशमा संसदीय मामिला पत्रकार समाज गठन | मधेश प्रदेश सभाको ७ औ वार्षिकोउत्सवमा सम्पन्न,संघियता संस्थागत गर्नमा वक्ताहरुको जोड | मधेश प्रदेशका ३ लाख ६९ हजार किशोरीलाई पाठेघर क्यान्सरविरुद्ध एचपिभि खोप लगाईने | महोत्तरीको जलेश्वर कारागारमा एक कैदीबन्दीको मुत्यु | महाकुम्भबाट फर्किंदै गरेका एकै परिवारका ५ नेपालीको दुर्घटनामा मृत्यु |

भारत उत्तर प्रदेशको अयोध्यामा नवनिर्मित राम मन्दिरको आज प्राण प्रतिष्ठा हुँदैछ। आज भगवान रामको मन्दिरमा भव्य समारोहकाबीच प्राण प्रतिष्ठा गर्ने कार्यक्रम रहेको छ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा मन्दिरमा भगवान रामको प्राण प्रतिष्ठाको कार्यक्रम हुनेछ। राम जन्मभूमि ट्रस्टले प्राण प्रतिष्ठाको सम्पूण तयारी पूरा भएको बताएको छ।

ट्रष्टका अनुसार प्राण प्रतिष्ठा कार्यक्रम आज दिउँसो १२ः४५ (भारतीय समय अनुसार १२ः३० देखि १ बजे) बजे सुरु हुने र १ः१५ बजेसम्म चल्नेछ। प्रधानमन्त्री नरेन्द्र मोदीका साथै उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ विधि–विधानका साथ प्राण प्रतिष्ठामा सहभागी हुनेछन्। त्यसपछि मन्दिर दर्शनका लागि खोलिने छ।

ट्रस्टले भगवान रामको मूर्तिलाई ११४ घैँटोलाई औषधियुक्त र छुट्टाछुट्टै तिर्थस्थलबाट ल्याइएको जलले नुहाइने बताएको छ।

प्राण प्रतिष्ठाको विधि १६ जनवरीका दिन सरयू नदीबाट सुरु भएको थियो र आज उत्तम साइतमा समाप्त हुनेछ।

प्राण प्रतिष्ठा समारोहमा सहभागि हुन आमन्त्रित अतिथिहरू अयोध्या पुग्ने क्रम जारी छ। यसमा भारतीय खेलाडी, बलिवुड अभिनेता र अभिनेत्री, राजनीतिक दलका नेताहरू, साधुसन्त लगायतका छन्।

अयोध्यामा प्राण प्रतिष्ठा कार्यक्रमका लागि सुरक्षा व्यवस्था कडा बनाइएको छ।

सम्बन्धित खबर