LIVE
कांग्रेसले बा र भगवान् बनाएर गल्ती गर्‍यो, रास्वपाले त्यस्तो नगरोस् : गगन थापा | बागमती नदीको बीचमा अलपत्र परेका १४ जनालाई उद्धार | रास्वपा महाधिवेशनमा शुभकामना दिन चितवन जाँदै गगन थापा | रास्वपाको महाधिवेशनबाट १५८ सदस्यीय केन्द्रीय समिति चयन हुँदै | ७२ हजार घुस लिएको आरोपमा सोनमा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृतविरुद्ध मुद्दा | सरकारको नयाँ व्यवस्था: अब राष्ट्रिय परिचयपत्र आफैंले डाउनलोड गर्न सकिने | सात वर्षदेखि अलपत्र शीतभण्डार निर्माण, प्रदेशको ‘गौरव योजना’ कागजमै सीमित | जनकपुरमा नेपाल–भारत सीमा बैठक,सीमा क्षेत्र व्यवस्थित बनाउन साझा प्रतिबद्धता | मधेश प्रदेश सरकारले ४१ अर्वको बजेट, चालुवर्षभन्दा १३ प्रतिशत कमको बजेट | कांग्रेसका असन्तुष्ट नेताहरुको जनकपुरधाममा प्रदेशस्तरीय भेला, पार्टी एकतामा जोड |

जनकपुरधाम । यसवर्षको महामूर्खको उपाधि मधेश प्रदेश सभामुख रामचन्द्र मण्डललाई प्रदान गरिएको छ ।
पर्व होलीको अवसरमा जनकपुरका मिथिला नाट्यकला परिषद् (मिनाप)ले आयोजना गर्दै आएको महामूर्ख सम्मेलन अन्तर्गत यस वर्षको महामूर्खको उपाधि सभामुख मण्डललाई दिएको हो ।
सभामुख मण्डलसँगै मिनापले अन्य १३ जनालाई पनि विभिन्न उपाधिहरु दिएर सम्मान गरेको छ । शिक्षक पेशा परित्याग गरि माओवादी जनयुद्व हुदै मुलधारको राजनीति सक्रिय भई देश जनता र मैथिली भाषा र साहित्य उत्थानमा महत्र्वपुर्ण योगदान पुरआउदै आएको भन्दै मसभामुख मण्डललाई महामुर्खको उपाधी प्रदान गरिएको मिलापले जनाएको छ ।


आकर्षण ब्यङ्गात्मक माला, टोपी, होरीमा बजाइने डम्फा, सम्मान पत्र र मायाको चिनो सहित सभामुख मण्डललाई सो सम्मान प्रदान गरिएको छ । त्यसैगरि सोहि समारोहमा हरेक वर्ष समाजका विभिन्न क्षेत्रमा योगदान पुरयाएवापत प्रदान गरिने अन्य १३ जनालाई विभिन्न मान पदवी दिएर्ईको छ । यस वर्ष पटमुर्खको उपाधि मधेश सरकार अर्थमन्त्रालयका सचिव शुभाषचन्द्र शिवाकोटी र मुर्ख महामण्डलेश्वरको उपाधि कथाकार प्रेम विदेह ललनलाई प्रदान गरिएको छ ।

त्यसैगरि, सदाबहार मुर्खको उपाधि प्रअ महाविर दास, बैशाखानन्दनको उपाधि अभियानी दिनेश पुर्वे, साहित्यकार नित्यानन्द मण्डललाई खेसारीलाल, दाता परिवार शुभाषचन्द्र साहलाई स्थाई मुर्ख, ग्रामिन परवाहा स्थित युवा नाट्य परिषदलाई र्निविकल्प मुर्ख र महोतरी पिपरा नगरपालिकाकी उपप्रमुख बन्दना पाण्डेलाई दिलतोरियाको उपाधि प्रदान गरिएको छ ।
हरिप्रियाको उपाधि मिथिला चित्रकार सुधिरा कर्ण, लोहाशंकरको उपाधि क्रिकेटर हरिशंकर साह, बुरिराजको उपाधि योग गुरु विमल पण्डित, बज्रकिटको उपाधि योगेन्द्र पण्डित र सोटाचन्दको उपाधि अनिकेत अग्रवाललाई प्रदान गरिएको छ ।
मिथिलाको कला संस्कृतिलाई संरक्षण एवं सम्बर्द्धन गर्ने उद्देश्यले मिथिला नाट्यकला परिषद् (मिनाप)ले प्रत्येक वर्ष होली पर्वको अवसरमा जनकपुरधामममा हास्यव्यंग्य सांस्कृतिक कार्यक्रम महामूर्ख सम्मेलनको आयोजना गर्दै आएको छ ।

सम्बन्धित खबर