LIVE
बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी | मधेश प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखलाई गुहार्ने प्रतिपक्षी दलका सांसदहरूको तयारी |

 

जनकपुरधाम । उपप्रधान एवंम् स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव र संयुक्त राष्ट्रसंघका महासचिव महामहिम एनटोनीयो गुट्टेरेस बीच भेटवार्ता भएको छ ।
संयुक्त राष्ट्रसंघको मुख्यालमा अप्रिल २९ देखि मे ३ सम्म २०२४ मा आयोजना भईरहेको जनसंख्या तथा विकास आयोगको ५७ औ सत्र भाग लिन उपप्रधानमन्त्री यादव यतिवेला अमेरिकाको न्युयोर्क भ्रमण रहेका छन् । सोही क्रममा सोमवार उपप्रधान एवंम स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवको संयुक्त राष्ट्रसंघका महामहिम गुट्टेरेस भेटवार्ता भएको हो ।

भेटमा महासचिव गुट्टेरेसले नेपाल भ्रमणको स्मरण गर्दै नेपालले मानव अधिकार,विश्व शान्ति र सुरक्षा एवंम दिगो विकासको लक्ष्यहरुको प्राप्तिमा नेपाली शान्ति सेनाले खेलेको भुमिकाको सराहना गरेका छन् । उनले नेपाललले स्वास्थ्य क्षेत्रका हासिल गरेका उपलब्धीहरु ःMeternal Health, Anti –Microbial Resistance, Safer Intiative सहितको प्रशंसा गर्दै संयुक्त राष्ट्रसंघल र यसका सम्बद्ध निकायहरु दिगो विकासका लक्ष्यहरुको प्राप्ति र ICPD Program Of Action को कार्यान्वयनमा थप सहयोग गर्ने प्रतिवद्धता समेत गरे ।


नेपालले जलवायु परिवर्तनको असर भोग्नु परेकोले सोको असरलाई सम्बोधन गर्न कलाईमेट जस्टिक्स को अधारमा न्युनिकरण तथा अनुकुलन सहायता पाउनुपर्नेमा जोड दिदै महासचिव गुट्टेरेसले यो नेपालको अधिकार रहेको बताए ।

भेटमा उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्या मन्त्री यादवले संयुक्त राष्ट्रसंघको चार्ट र एवं सिद्धान्तप्रति नेपाल प्रतिवद्ध रहेको बताउँदै नेपालको समाजिक आर्थिक विकासमा संयुक्त राष्ट्रसंघको योगदानको प्रशंसा गरेका थिए । उनले नेपालले गरिबी निवारण, स्वास्थ्य सेवाको विकास, विस्तार, कुल प्रजन्नदर र मातृ मृत्युदर घटाउने लगायतका महत्वपुर्ण उपलब्धीहरु हासिल गरेको बताए ।
साथै उनले नेपाल अतिकम विकसित र भुपरिवेष्ठि मुलुक रहेको तथा जलवायु परिवर्तन र विश्वमा बढ्दो द्वन्द्वको कारण नेपाल दिगो विकासका लक्ष्यहरुका साथै स्वास्थ्य क्षेत्रका प्राप्त गरेका उपलब्धीहरु जोगाई राख्न निकै चुनौतिपुर्ण रहेको हुदाँ संयुक्त राष्ट्रसंघ लगायतका अन्तराष्ट्रिय विकास साझेदार मुलुकहरुले सार्थक सहयोग पुर्याउनको लागि महासचिव गुट्टेरेससँग अनुरोध समेत गरे ।

सम्बन्धित खबर