LIVE
मधेश प्रदेश सरकारले मनाइयो बलिदानी दिवस | बृहत्तरका तत्कालिन निर्देशक बलराम ठाकुर सरकारी छाप किर्ते आरोपमा पक्राउ | प्रदेश पर्यटन सम्बन्धी विद्येयक पारित | प्रदेश सभामा सरकार विरुद्ध उत्रे सत्ता र प्रतिपक्षी दलका साँसदहरु | जय ट्रफी मधेश र बागमती प्रदेश बीचको खेल बराबरीमा सम्पन्न | नेपाल प्रजातन्त्र सेनानी संघ मधेश प्रदेशको अध्यक्षमा वरिष्ठ पत्रकार साह सर्वसहमत | जय ट्रफीमा मधेसका ब्याट्समैनहरु बागमतिबिरुद्ध निरिह, पहिलो पारी १०२ रनमै सीमित | चिसोको कारण मधेशका जिल्लाको जनवीवन प्रभावित | २५ पुसदेखि पहिलो पटक मधेशमा सरकारी स्तरबाट एमबिबिएसको पठपाठन हुदै | मधेशमा स्थानीय सेवा ऐन संशोधनको माग गर्दै कर्मचारीहरूको धर्ना जारी |

जनकपुरधाम । जनता समाजवादी पार्टी (जसपा) नेपालको महाधिवेशनको उद्घाटन समारोह सम्पन्न भएको छ ।
जनकपुरधामको तिरहुतिया गाछीमा आयोजना गरिएको महाधिवेशन तीन दिन सम्म चल्ने छ । उद्घाटन समारोहलाई सम्बोधन गर्दै जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले विभेद र असमनताको कारण मुलुकको विकास हुन नसकेको बताए ।

युरोपियनमा वर्गको अधारमा विभेद थियो, उनले भने, तर हाम्रो देशमा भारतजस्तै वर्ग र वर्णको साथै जात, लिङ्ग, धर्म लगायतका विभेद र असमनता छ । महिलाको अधिकार सुनिश्चत छैन, दलित, मुस्लिम, थारु, जनजाती, मधेशीसँग बर्षोदेखिको विभेद र शोषण जारी छ । मुठि भरका (१०देखि १२ प्रतिशत) शासक वर्ग दिनदिनै धनाढ्य भईरहेको छ । त्यो विकासको काम गरेर होईन, भष्टचार, कमिशन र लुटतन्त्रले उनीहरु मलामाल भएका छन् ।’

‘दुई तिहाई भन्दा बढि जनता पिछडिएका छन, देशमा विकास कसरी हुन्छ ?’ पर्यटन, पानी, प्राकृतिक सम्पदा, उर्वर भुमि सहितका अनेकन विकासका आधारहरु हुँदाहुदै विश्वमै दरिद्र देशहरुको सुचीमा नेपाल पर्ने गरेको छ‘ उनले भने । राज्य र नेतृत्व सुध्रिए नेपालबाट कोहि पनि बाहिर जानु पर्दैनन्, किसान र मजदुरहरुसंग भइरहेको ज्यादती र अन्याय अन्त्य भए देश र जनता पुनः आत्मनिर्भर बन्न सक्ने उनको तर्क थियो ।
जसपा नेपाल विभेद, भष्टाचार, असमनाता विरुद्ध संघर्षरत रहेको उल्लेख गर्दै उनले आफुहरु त्यसको लागि सडकदेखि र सदन सम्म संघर्ष जारी रहने बताए । मधेश आन्दोलनको कारण मुलुकमा संघियता सहितको लोकतान्त्रिक गणतन्त्र आएको बताउँदै उनले भने,‘ समनता र सम्वृद्धि एक अर्काको पुरक छ । त्यसकारण जसपा नेपाल समाजवादको मुद्दालाई अगाडी बढाएको छ ।

भारत, मलेशिया,इन्डोनेशिया, अजगरबैजान, स्पेन सहितका देशहरुबाट आएका समाजवादी नेता तथा चिन्तकहरुलाई मायाको चिनो प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गरे । भारत र युरोपियन देशहरुमा समेत समाजवादको आवश्यकता दर्शाउदै यादवले भोली विहान सात बजे देखि हुने बन्द सत्रमा आफुले पेश गर्न लागेको राजनितिक दस्तावेज र नितिहरुको छलफलमा भाग लिन प्रतिनिधीहरुलाई आग्रह गरेका छन् ।

महाधिवेशनमा सहभागि नेकपा एसका अध्यक्ष तथा पुर्व प्रधानमन्त्री माधव कुमार नेपालले नेपालको राजनीतिक परिर्वतनमा जसपा नेपालको महत्वपुर्ण योगदान रहेको बताए । महाधिवेशनको शुभकामना दिदै अध्यक्ष नेपालले साजवाद, समाजिक न्याय तथा समानताको अधिकारको सवालमा नेकपा एसले सदैव अगाडी रहेको बताए ।

राजकिशोर यादवले पार्टी विभाजन पश्चात विरोधी पार्टीहरुले गरेको टिप्पणीको जवाफ महाधिवेशनमा उपस्थितिले दिएको दावि गरे । जसपा नेपाल मात्र पार्टी नभई यो उत्पीडन, शोषणमा परेका वर्गको अवाज समेत रहेको उनले बताए । महाधिवेशनबाट एक सशक्त नेतृत्व चयन गरि विरोधीलाई जवाफ दिने मौका यहि रहेको भन्दै उनले कार्यकर्ताहरुसँग आग्रहा गरे ।

पुर्व मुख्यमन्त्री तथा जसपाका कार्यकारिणी समिति सदस्य लालबाबु राउतले प्रचण्ड गर्मीमा पनि महाधिवेशनको एतिहासिक सहभागिता रहेको बताए । उत्पीडनमा परेका दलित, मुस्लिम, जनजातीको पक्षका बोल्ने एक मात्र पार्टी जसपा नेपाल रहेको दावि गरे ।
कार्यक्रममा भारतीय काँग्रेस पार्टीका राष्ट्रिय प्रवक्ता उदित्त राजले जातिय विभेद विरुद्ध आफ्नो पार्टीले भारतमा लामो भएदेखि संघर्ष गर्दै आएको बताए । जातिय विभेदले मुलुकको विकास नहुने उल्लेख गदै उनले जसपा नेपालले जातिय विभेद, वर्ग विभेद सहितको मुद्दालाई भारतीय काँग्रेस पार्टीले समर्थन गरेको बताए ।

भारतका समाजवादी पार्टीका राष्ट्रिय प्रवक्ता मनिष सिंहले जसपा नेपालले उठाएको समाजिक न्याय, विभेदको अन्त्य, समानताको अधिकारलाई आफ्नो पार्टीले समर्थन गरेको बताए । साजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले पठाएको शुभकाना सन्देश समेत उल्लेख वाचन गरेका थिए ।
भारतका किसान अन्दोलनका अगुवा नेता शिश मिलले केहि पार्टीले भारतको विरोध गरेर नेपालमा राजनीतिक गर्ने गरेको प्रति दुःख व्यक्त गरे । नेपाल र भारतको सम्बन्ध रोटी बेटीको रहेको उल्लेख गर्दै उनले भने,‘ भारतलाई विरोध गरेर राजनीतिक गर्नेहरुसँग सोधन चाहन्छु, के हामी तपाईको मुलुकमा आउदाँ मन पर्दैन् ? नेपाल भारत बीचको रहेको खुल्ला सिमनामा तारबार लगाउदाँ हामी सबैलाई समस्या हुदैन ? त्यसकारण नेपाल भारतको ऐतिहासिक सम्बन्धमा खल्ल पुग्ने काम नगरिदिनुस् ।’

उनले किसान, मजदुर, शोषित पीडित तथा उत्पीडनमा परेको जनताको मुद्दा उठाउन अध्यक्ष यादवसँग आग्रहा समेत गरे ।
कार्यक्रममा नेपाली काँग्रेसका उपाध्यक्ष धनराज गुरुङ्ग, नेकपा एमालेका लिलानाथ श्रेष्ठ, रास्वपाका उपाध्यक्ष स्वर्णि वाग्ले, राप्रपाका उपाध्यक्ष वृद्धिराम तमाङ्ग, नेपाल कम्युनिष्ट पार्टीका विप्लव, लोसपाका वरिष्ठ उपाध्यक्ष जितेन्द्र सोनलसहितका सहभागि भएका थिए । महाधिवशेन भने माओवादी केन्द्रका कुनैपनि प्रतिनिधी सहभागि भएका थिएन ।
१२ सय महाधिवेशन प्रतिनिधि सहभागि


मधेश प्रदेशको राजधानि जनकपुरधामको तिरहुतिया गाछीमा आजदेखि सुरु भएको ३० जेठ सम्म चल्ने महाविशेनको पुरा तयारी भईसकेको महाधिवेशनको प्रचार प्रसार समितिका संयोजक जितेन्द्र यादवले बताए । महाधिवेशनमा देशभरिबाट करिव १२ सय महाधिवेशन प्रतिनिधीको सहभागि हुने उनले बताए ।

१ लाख ४५ हजार सक्रिय सदस्य रहेको जसपा नेपालले प्रति दुई सक्रिय सदस्यमा एक प्रतिनिधी र ५ प्रतिशत मनोनितलाई महाधिवेशन प्रतिनिधि बनाईएको छ ।  महाधिवेशनमा सहभागी हुने मधेश प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले आज बेलुकी ५ बजेसम्म दर्ता गरिसक्नु पर्नेछ । अन्य प्रदेशका प्रतिनिधि तथा पर्यवेक्षकहरूले जेठ २८ गते बेलुकी ५ बजेसम्म दर्ता गर्न पाउने उनले बताए ।

केन्द्रीय निर्वाचन समितिले प्रतिनिधि तथा पर्यवेक्षकका लागि दर्ता शुल्क १ हजार ५ सय रुपैयाँ तोकेको छ । महाधिवेनशलाई भव्य बनाउन दुई मुल समिति र १० समितिहरु गठन गरिएको छ ।
अध्यक्ष उपेन्द्र यादवलाई हाईसन्चो


पार्टी स्थापनाको १८ वर्षपछि उपेन्द्र यादव पहिलो पटक महाधिवेशनको सामना गर्दै छन् ।
२०६३ सालमै मधेश आन्दोलनको क्रममा उपेन्द्र यादवले आफ्नो नेतृत्वमा मधेश जनअधिकार फोरम नेपाल गठन गरेका थिए । तर २०८१ सालमा आईपुग्दा मधेश जनअधिकार फोरम पटक पटक विभाजित र अन्य पार्टीहरुसँग एकता गर्दै जदाँ पार्टीको महाधिवेशन हुन सकेको थिएन ।
तत्कालिन महन्थ ठाकुर नेतृत्वको राजपा र सँग उपेन्द्रले आफ्ना नेतृत्वको संघीय समाजवादी पार्टी एकता गरि जनता समाजवादी पार्टी गठन गरेका थिए । तर त्यो एकता एक वर्ष सम्म पनि चलेनन् र महन्थ ठाकुरको नेतृत्वको लोसपा अलग पार्टी गठन भयो । एक अघि पार्टीका वरिष्ठ नेता अशोक राई नेतृत्वमा जसपा नेपालबाट जसपा पुनः अलग पार्टी भयो । यसरी जसपा नेपाल बन्दा देखि नै अहिले सम्म दुई पटक फुटि सकेको छ ।
पार्टी विभाजन पुर्व नै तोकिएको समयमा महाधिवेशन भईरहेको छ । यस्तो बेला महाधिवेशनको सामना गर्न लागेको जुन वेला उनका प्रतिद्धन्दीहरु कमजोर छन् । कारण पार्टी भित्र उपेन्द्रलाई टसल दिने वरिष्ठ नेता अशोक राई, रेणु यादव, इतियाक राईसहितकाले पार्टी फोडेर जसपा गठन गरि अहिले संघीय सरकारमा छन् ।
पार्टी भित्र फरक मत राख्ने राजकिशोरले महाधिवेशनमा अध्यक्षमा उम्मेदवारी दिने भनिएपनि उपेन्द्रको अगाडी उनी कमजोर उम्मेदवारको रुपमा हेरिएको पार्टीका नेताहरु बताउँछन् । राजपाको एकतासँगै राजकिशोर जसपा नेपालमा आएको कार्यकर्ताहरुको उनको त्यति पकड हुन सकेको छैन । यस्तो अवस्थामा उपेन्द्र सर्वसहमति अध्यक्षमा चयन हुने सम्भावना प्रबल रहेको नेताहरु बताउँछन् ।

एक नेताका अनुसार राजकिशोर सहअध्यक्षमा बार्गेनि गर्ने उदेश्यले अध्यक्षमा उम्मेदवारी दिने नेता तथा कार्यकर्ताहरुलाई सुनाउने गरेका छन् । तर लामो समयदेखि उपेन्द्र यादव नै अध्यक्षमा रहेकोले नेता तथा कार्यकातामा परिर्वतनको नारा लिएर राजकिशोर यादव अगाडी आएको खण्डमा चुनौतिक दिन सक्ने नेता राजकिशोर निकट नेताहरु बताउँन् ।
यस्ता छन् पदाधिकारीमा अकांक्षीहरु


महाविधेशबाट २० पदाधिकारीसहित २०१ जना केन्द्रिय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित हुने छ ।
महाधिवेशबाट अध्यक्ष १, सहअध्यक्ष १, उपाध्यक्ष ५, महासचिव २, उपमहासचिव ३, सचिव ७ र कोषाध्यक्ष १ गरि २०१ केन्द्रीय सदस्य र कार्यकारिणी सदस्य निर्वाचित गर्नेछ ।
अध्यक्षमा सर्वसहमति भएपनि पदाधिकारीमा भने रस्साकस्सी देखिएको छ । राजकिशोर यादवले अध्यक्षमा उम्मेदवारी नदिए सहअध्यक्ष पदमा उम्मेदवारी दिने सम्भावना छ । सो पदमा पुर्व मुख्यन्त्री लालबाबु राउत,रकम चोङ्गजोङ्ग, विजय यादव लगायतका अकांक्षि देखिएका छन् ।
त्यसैगरि, उपाध्यक्षमा अहिले सम्म कुनै उम्मेदवार खुल्न सकेको छैन । तर पार्टी भित्र उपाध्यमा हरिनारयण यादव, पुर्व मुख्यमन्त्री सरोज कुमार यादव, शिवलाल थापा,सुमन चौधरी, किशेरी यादव, , रामअवतार यादव, उर्मिला साह, रेखा यादव,सहितका आकंक्षी देखिएका छन् ।
महासचिवमा दिपक कार्की, रामकुमार शर्मा, प्रकाश अधिकारी र विजय यादवको चर्चा छ ।

सहमहासचिव शैलेन्द्र प्रसाद साह, योगेन्द्र यादव, सर्शराम यादव, निर्मला यादव लगायतका अकांक्षी देखिएका छन् । सचिवमा डा.सुरेन्द्र यादव, सरोज कुमार सिंह कुश्वाहा, ज्ञानेन्द्र कुमार यादव, जितेन्द्र यादव, रामअशिष यादव लगातयका अकांक्षी देखिएको छ । त्यसैगरि, कोषाध्यक्ष बलराम महतो, प्रमिला यादव लगायतका अकांक्षी देखिएको नेताहरु बताउँछन् ।

सम्बन्धित खबर