LIVE
समावेशी नेतृत्वतर्फ लोसपा ः नेता राईन सह–महासचिवमा मनोनित | राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता |

जनकपुरधाम । भारतका समाजवादी पार्टीका अध्यक्ष तथा लोक सभा सदस्य अखिलेश यादवले भागवान रामको जन्मभुमि अयोध्यादेखि माता जानकीको जन्मभुमि जनकपुरधाम सम्म एक्सप्रेस वे(फास्ट ट्रयाक)को बनाउन माग गरेका छन् ।

ंमंगलवार भारतीय संसदमा सम्बोधन गर्दै अध्यक्ष यादवले यस्तो माग गरेका हुन् । उनले भने,‘प्रधानमन्त्री नरेन्द्र मोदी केहि वर्ष अघि जनकपुरधामको भ्रमणको क्रममा हरियो झण्डा देखाएर अयोध्या –जनकपुरधाम मैत्रि बस सेवाको उद्घाटन गरेका थिएँ । जनकपुरधामबाट ३५ जना बसमा अयोध्या पनि आएका थिएँ । तर म त्यतिवेला नै जनकपुरधामदेखि अयोध्या सम्म एक्सप्रेस वे बनाउनुपर्छ भनेर माग गरेको थिएँ ।’
‘अयोध्यादेखि जनकपुरधाम सम्मको बाटो सहज छैन, ट्राफिक चापको कारण यात्रुहरुलाई सास्ती झेल्नुपर्ने वाध्यता हुन्छ,अध्यक्ष यादवले अगाडी भने,‘दुवै धार्मिक स्थल हो । एक्सप्रेस वे निर्माण भएको खण्डमा दुवै देशका नागरिकलाई यात्रा गर्न सहजता प्रदान हुन्छ ।’
भारतको उत्तर प्रदेशको कन्नौजबाट भारतीय लोकसभा सदस्यमा निर्वाचित अध्यक्ष यादवले लोकसभामा अयोध्यादेखि जनकपुरधाम सम्म एक्सप्रेस वेको माग गरिरहदाँ सांसदहरुले टेबुल ठोकेर समर्थन जनाएका थिए ।

समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले भारतीय संसदमा राखेको प्रस्तावले जनकपुरधामसहित नेपालका जनता स्वागत गरेका छन् । जनकपुरधामप्रति देखाएको स्नेहले जनकपुरधामवासी अध्यक्ष यादवको कार्यको प्रशंसा समेत गरेका छन् ।
२८ बैशाख २०७५ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले जनकपुरधामको भ्रमण गरेका थिए । भ्रमणका क्रममा नेपालका तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री मोदीले संयुक्त रुपमा हरियो झण्डा देखाएर जनकपुरधाम– अयोध्या मैत्रि बस सेवाको उद्टान गरेका थिए ।

उक्त बस सेवा केहि महिना संचालन पनि भयो । तर बाटो व्यस्त रहने गरेकाले बढी समय लाग्ने तथा भारतीय सडकमा ठाउँठाउँमा लाग्ने टोल शुल्कको कारण अहिले उक्त बस सेवा बन्द रहेको जनकपुर बस व्यवसायि संघले जनाएको छ । जनकपुरधामदेखि अयोध्या सम्म फास्ट ट्रयाक बनेको खण्डमा जनकपुरधाम–अयोध्यामा धार्मिक पर्यटकहरुको चाप बढ्ने सक्ने स्थनीयको भनाई छ ।

सम्बन्धित खबर