LIVE
राजतन्त्र ब्युँताउनु दिवास्वप्न मात्र हो ः अध्यक्ष यादव | सशस्त्र प्रहरी असई थमन विकको हत्या प्रकरणमा विशेषज्ञलाई अदालतमा उपस्थित गराउन आदेश | पत्रकार सुरेश हत्या काण्ड वारे महासंघद्वारा मानव अधिकार आयोगलाई ज्ञापनपत्र | मधेश केन्द्रित साना राजनीतिक दलहरुले वैकल्पिक मोर्चा बनाउँदै | रौजा मजारको तीन दिवसीय उर्स सम्पन्न | स्थानिय सेवा गठन र सञ्चालन ऐन संसोधनको माग स्वास्थ्यकर्मी धर्नामा | राष्ट्रिय दलित आयोगले बुझाए मधेश प्रदेश प्रमुखलाई वार्षिक प्रतिवेदन | मंगलवारदेखि रौजा मजारमा उर्स सुरु, तयारी पुरा | १५ महिनापछि लोसपाले तोक्यो साँसद राईनलाई मधेश संसदीय दलको नेता | नेपाल सुडी समाजको दोस्रो साधारणसभा सम्पन्न |

जनकपुरधाम । मिथिला मध्यमा परिक्रमा सम्पन्न भएसंगै हुने जनकपुरधामको अन्तगृह परिक्रमा सम्पन्न भएको छ । लाखौंको सहभागितामा अन्तगृह परिक्रमा शुक्रबार बिहान सम्पन्न भएको हो ।

मिथिला मध्यमा परिक्रमामा सहभागी हुन नसकेका श्रद्धालुहरू जनकपुरधामको पवित्र भूमिलाई परिक्रमा गर्दै अन्तगृह परिक्रमामा सहभागी भएका हुन् । धनुषाको ठेरा कचुरीबाट मिथिला बिहारीको र जनकपुरधामको सन्दर सदन मठबाट किशोरी जिको डोला उठेपछि सुरु भएको मिथिला मध्यमा परिक्रमा बिहीबार सम्पन्न भएको थियो ।

अन्तरगृह परिक्रमा गरेमा १५ दिवसीय परिक्रमाकै फल प्राप्त हुने जनविश्वास गरिन्छ । यो यात्रा सकेर जानकी मन्दिर र राम मन्दिरमा दर्शन गरेपछि मिथिलाञ्चलमा होली पर्वको विधिवत आरम्भ भएको मानिन्छ । धर्म ग्रन्थहरुमा बृहत, मध्यमा र अन्तगृह गरी तीन परिक्रमाको उल्लेख रहेको पाइन्छ । सोही मान्यता अनुसार मध्यमा परिक्रमामा सहभागी हुन नपाएकाहरु अन्तगृह परिक्रमामा सहभागी हुने गर्छन् ।


यसैबीच, मुस्लिम नागरिक समाज जनकपुरधामले अन्तगृह परिक्रमा सहभागि भक्तजनहरुलाई मिठा, चुरा र पानी वित्तिरण गरेको छ । मुस्लिम अगुवा नेता हकिम राईनले दुरदराजबाट आएका श्रद्र्धालुभक्जनहरुलाई केहि राहत होस् भन्ने उदेश्यले चुरा, मिठा तथा पानि वित्तरण गरिएको बताए । लामो समयदेखि नेता अगुवा नेता राईनको अगुवाई जनकपुरधाममा परिक्रमावासीमा मुस्लिम नागरिक समाजले चुरा मिठा तथा पानी वित्तरण गर्दैै आएको समाजसेवी तथा युवा नेता साजिद हुसेनले बताएए ।

सम्बन्धित खबर