LIVE
मधेश प्रदेशमा युवा वित्तीय जवाफदेहितासम्बन्धी प्रादेशिक संवाद | गर्भपतन सम्बन्धी कानुनी जटिलताले सेवाग्राही र सेवाप्रदायकलाई साँस्ती | मधेश प्रदेश अगामी वर्षको बजेट सर्वसम्मत पारित | बजेट विवाद मिलाउन गठन भएको कार्यादलले दियो बुँदे सुझाव | मिटरब्याजपीडित र सरकारबीच निजगढमा पाँच घण्टा वार्ता,सहमतिविना पहिलो चरणको वार्ता सकियो | सिरहामा पानीमा डुबेर एकै परिवारका तीन बालबालिकाको दुःखद मृत्यु | सुकुम्बासीको अवस्था बुझ्न गएका अन्सारी पक्राउ, सरकारविरुद्ध चर्कियो विरोध | सरकारको सय दिनपछि बालेनलाई वाचा सम्झाउन फेरि सडकमा मिटरब्याज पीडित | धनुषा अस्पतालमा सुत्केरी गराउने क्रममा महिलाको मृत्यु, चिकित्सकको लापरवाही आरोपपछि अस्पताल तनावग्रस्त | सिरहाको सब डिभिजन वन कार्यालय बन्दीपुरका प्रमुख यादव घुससहित पक्राउ |

जनकपुरधाम । होली पर्वको मध्यनजर गर्दै धनुषा प्रहरी विशेष सुरक्षा योजना बनाएको छ ।

विगतका वर्षहरुमा होली पर्वकै अवसरमा अप्रिय घटना भएकोमा त्यसलाई मध्यनजर गर्दै प्रहरीले त्यस्ता अप्रिय घटना नहोस भन्ने उदेश्यले धनुषा प्रहरीले पाँच सय सुरक्षाकर्मी परिचालन गरेको छ ।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी उपरिक्षक भुवनेश्वर तिवारीले नेपाल प्रहरी, सशस्त्र, राष्ट्रिय अनुसन्धान र प्रदेश प्रहरी कार्यालयबाट थप प्रहरी टोलीको सहयोगमा यो सुरक्षा योजना बनाइएको बताए । उनले भने, ‘हामी होलीको हर्षोल्लासलाई रोक्न चाहँदैनौं । तर, हामीले सम्भावित अप्रिय घटनालाई रोक्नका लागि यो सुरक्षा योजना बनाएका हौं ।’

सुरक्षा योजना अन्तर्गत धनुषा जिल्लाका प्रमुख स्थानहरूमा विशेष निगरानी राखिनेछ । पर्वको समयमा सर्वसाधारणको भीड हुने स्थानहरू, परिक्रमा स्थलहरू, नाका, पार्किङ एरियाहरू र होली सेलिब्रेशन हुने स्थलहरूमा कडा सुरक्षा व्यवस्था मिलाइएको छ ।
त्यस्तै धनषाका प्रमुख चोक र सडकमा ट्राफिक प्रहरीको कडा निगरानी गरिनेछ । ट्राफिक नियम उल्लङ्घन गर्ने सवारी साधनलाई कडा कारबाही गरिने बताइएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय धनुषाका प्रमुख प्रहरी निरीक्षक हरिबहादुर वलीको नेतृत्वमा होली पर्वलाई सुरक्षित र सभ्य बनाउने उद्देश्यले विभिन्न सुरक्षा उपायहरू तयार पारिएका छन् ।

वलीले यस अवसरमा एक विशेष चेतावनी जारी गर्दै, ‘होलीको दिन कुनै पनि सवारी साधन नियम उल्लङ्घन गरेमा उनीहरूलाई कडा कारबाही गरिनेछ ।’ उनले थपे, ‘कारबाहीमा परेका सवारी साधनलाई भोलिपल्ट मात्र छोडिने छ ।’
धनुषा जिल्लामा होली पर्वको समयमा ६० जना ट्राफिक प्रहरी प्रमुख चोक र मार्गहरूमा कडा निगरानी गर्नेछन् । १७ स्थानमा चेकिङ्ग हुनेछ भने ५ स्थानमा मादक पदार्थ सेवन जाँच (मापसे) पनि गरिनेछ ।

सम्बन्धित खबर