LIVE
मासूम बालक बने मानवताको उदाहरण, नेपालका बाढीपीडितलाई सहयोग गर्न आफ्नै गुल्लक हस्तान्तरण | भोटेकोशी बाढीपीडितका लागि हमीद रेजाद्वारा ५ लाख सहयोग | भोटेकोशी बाढीपीडितलाई रविउन नुर कमिटीको पहलमा झण्डै पाँच लाखको राहत | कम लागतमा बढी आम्दानी : धनुषाका किसानलाई कृषि व्यवसायमा जोड्ने पहल | जलेश्वर कारागारका कैदीबन्दीद्वारा प्रधानमन्त्री विपद् राहत कोषमा १ लाख जम्मा | श्रीमानको फोनको प्रतिक्षामा पुजा साह | भोटोकोशिमा आएको बाढी कारण मधेश प्रदेशमा १६२ जना अझै वेपत्ता | नेपालमै पहिलोपटक बृहत् यौनिकता शिक्षाको नीति कार्यान्वयनमा भंगहा नगरपालिका | ८५ सुरक्षाकर्मीसहित रसुवा बाढीमा ६ सय भन्दा धेरै सम्पर्कविहिन | ‘मोहम्मद डे’मा जनकपुरधाममा शान्ति र्‍याली |

जनकपुरधाम । जनकपुरधामस्थित राजर्षि जनक विश्वविद्यालयको डीन कार्यालयमा अनेरास्ववियु र नेविसंघका कार्यकर्ताहरूले संयुक्त रूपमा तालाबन्दी गरेका छन् ।

फागुन ८ गते विश्वविद्यालयले करार तथा दैनिक ज्यालादारीमा शिक्षक तथा कर्मचारी पदपूर्ति सम्बन्धी विज्ञापनमा समावेशी नीतिको उल्लंघन भएको आरोप लगाउँदै ति विद्यार्थी संगठनहरूले संयुक्त रुपमा तालाबन्दी गरेका हुन् । विज्ञापनमा महिला, दलित, मुस्लिम, अपाङ्ग, अल्पसंख्यक वर्गका प्रतिनिधिहरूको आरक्षण र समावेशीताको अधिकार सुनिश्चित नगरेको भन्दै विद्यार्थीहरूले विरोध जनाएका छन् ।

नेपालको संविधानले समावेशीताको अधिकार सुनिश्चित गरेकोले विश्वविद्यालयले सो अधिकारको सुनिश्चत गर्नुपर्ने उनीहरुको भनाई छ ।
अनेरास्ववियुका इन्चार्ज रवि कुमार साह र नेविसंघका कार्यबाहक अध्यक्ष त्रिलोक कुमार यादवले विज्ञापनमा सुधार गरी समावेशीताको अधिकार सुनिश्चत गर्न र आरक्षणको व्यवस्था गर्नुपर्ने माग राखेका छन् ।

विश्वविद्यालय प्रशासनले विगतमा पटक पटक कर्मचारी र शिक्षक नियुक्त गर्दा समावेशीताको अधिकारलाई हनन गरेको र यस पटक पनि सोही गर्न खोजेकोले आफुहरु वाध्य भएर यस्तो कमद चालेको उनीहरुले दावि गरेका छन् ।

आफुहरुको जायज माग सम्बोधन नभएर तालाबन्दी जारी रहने उनीहरुले चेतावनी समेत दिएका छन् ।

सम्बन्धित खबर