LIVE
ऐलानी जग्गा अतिक्रमणको आरोपमा झडप, १६ सेल अश्रुग्यास प्रहार | विशेष महाधिवेशनमा सहभागी नहुन मधेसका जिल्ला सभापतिहरुको आग्रह | सरकारी मुल्यले किसान उत्साहित, तर कोटा सिमित हुदाँ सुविधानबाट वञ्चित अधिकांश किसान | आगो ताप्न पालिकाद्वारा चोक चोकमा दाउरा वितरण | मधेशबाट राष्ट्रिय सभा सदस्यमा ४ सिटका लागि ११ जनाको उम्मेदवारी | धनुषामा भाइचारा र शान्ति कायम गर्ने सर्वपक्षीय बैठकको निर्णय | मधेशमा भाईचारा र सामाजिक एकता कायम राख्न प्रदेश प्रमुख लाभको अपिल | मधेशमा भाईचारा र सामासजक एकता कायम राख्न प्रदेश प्रमुख लाभको अपिल | मधेश प्रदेशलाई हचुवाको भरमा साक्षर प्रदेश घोषणा गर्ने तयारी | मस्जिदमा तोडफोड तथा पवित्र कुरान जलाइएको घटनाको विरोधमा मुस्लिम समुदाय |

हदीस खुद्दार । मुस्लिम सामुदायको पवित्रमहिना रमजान अव सकिन लागेको छ ।

शुक्रवार मात्रै नेपालसहित संसारभरिका मुस्लिम समुदायले जुमातुल बिदाई अर्थात् अलबिदा जुम्माको नमाज पढेका छन् । अलबिदा जुम्मा भनेको रमजानको अन्तिम जुम्मालाई बुझिन्छ । इस्लाममा शुक्रबारको दिनलाई जुम्मा भन्निछ । मुस्लिम समुदायका लागि ‘जुम्मा’दिन धेरै महत्व राख्छ । मुस्लिम समुदायका लागि जुमा दिन मात्र नभई जुमा अल्लाहको प्रार्थना गर्ने दिन पनि हो ।

जुम्माकै दिन मुस्लिम समुदायम स्जिदमा गएर सामूहिक रूपमा नमाज पढ्ने गर्छन् । इस्लाम धर्मको पवित्र धर्मग्रन्थ कुरान शरीफमा अल्लाहले जुम्माकै दिन पहिलो मानवको रूपमा आदमअलैही सलामलाई जन्मदियो र जुम्माकै दिन उनलाई पृथ्वीमा पठायो । त्यसैगरी, जुमाकै दिन कयामत आउने इस्लाम धर्मग्रन्थमा उल्लेख छ । त्यसकारण जुम्मामुस्लिम समुदायका लागि विशेष महत्त्व राख्छ । यस्तो पवित्र महिना मानिएको रमजानको अन्तिम जुम्माको अझ विशेष महत्व दिईन्छ । अलबिदाजुम्माको नमाजलाई इर्दको निशानीभन्ने चलन छ । अलबिदा जुम्मामा नमाजमा मुस्लिम समुदाय इर्दजस्तै नयाँनयाँ लुगाल गाएर मस्जिदमा नमाज पढ्न जान्छन् ।

गत फागुन १८ मा सुरु भएको रमजान सकिन लागेको छ । नेपालसहित भारत, बंगलादेश, पाकिस्तान, अफगानिस्तानसहितका मुस्लिम सामुदायले आज शुक्रवार साँझ ६ बजे २१ मिनेटपछि २७ वटा रोजा पुरा गर्छन् । भने खाडी मुलुकहरुमा एक दिन अघि देखि रोजा बस्ने भएकोले त्यहाँ रहने मुस्लिम सामुदायको आज साँझ २८ वटा रोजा पुरा गर्छन् । रमजानमा ३० रोज बस्नुपर्ने हुन्छ । त्यसपछि ईदुलफ्रित ईद पर्व मनाइन्छ ।
ईद पर्व आउने अब केही दिनमात्र बाँकी रहेको अवस्थामा बजारमा मुस्लिम समुदायको चहलपहल बढेको छ ।

नया ँलुगा कपडादेखि इदमाविभिन्न परिकारहरू पकाउने समानहरूको जोहो गर्न मुस्लिमहरू नजिकका बजारहरूमा किनमेल गर्ने गरेका छन् । इस्लामिक महिना सवाण समाप्तभई रमजान सुरु हुन्छ । इस्लाम धर्मका पाँचवटा अधार स्तम्भइमान, नवाज, रोजा, जकात, हजमध्ये रोजा तेस्रो नम्बरको हो । रमजान महिनामा प्रत्येक वालिग मुस्लिम महिला तथा पुरुष दुवैलाई अनिर्वाय रूपमा रोजा बस्नुपर्छ । रोजा धनीगरिब सबैमाथि अनिर्वाय छ, यसमाकुनै भेदभावहुँदैन ।


दिनभरि मजदुरी गर्ने होस् वा काममा व्यस्त रहने किन नहोस्, सबैमाथि रोजाउत्तिकै अनिर्वाय गरिएको छ । रोजा (व्रत) बस्नेले दिनभरि केहीनखाई, भोकै बस्छन् र साँझतिर अर्थात् सूर्यास्त भएपछि मात्र विभिन्न प्रकारका फलफूलले रोजाखोल्ने गर्छन् ।
रोजा बस्नेले शारीरिक संभोग, झुटो बोलिने लगायतका कार्यबाट टाढै रही पाकसाफ(सफासुग्घर) भई कम्तीमा दैनिक पाँच चोटि नमाज र विशेष प्रार्थना स्वरूप राति तराबी पढ्ने गर्छन् । सूर्य उदाउनुअघि ‘सेहरी’ खाएर दिनभरि उपवास अर्थात् रोजा बस्ने मुस्लिमहरू सूर्य अस्ताएपछि मात्र खानपिन गर्छन् । इस्लामिक धर्मग्रन्थका अनुसार रोजा दुई हिजरी सवाण (महिना)को १० तारिखदेखि मुस्लिम समुदायमाथि अनिर्वाय गरिएको छ ।


इस्लामिक क्यालेन्डर अनुसार अहिले १४०० सय हिजरी चलिरहेको छ । इस्लामिक क्यालेन्डरको १२औँ महिनामध्ये रमजान ९औ महिनाको रूपमा रहेको छ । प्रत्येकदिनबिहान ५ बजे फजर, दिउँसो १ बजे जोहर, बेलुका ४ बजे असर, साँझ रोजाखोलेलगत्तै मगरिब र त्यसपछि राती८ वजे पश्चातइशाको नमाज पढिन्छ । त्यसैगरी, रमजानमाविशेष नमाजको रूपमा तरावीहको नमाज पढिन्छ । तरावीहको नमाजको कुरान सरीफ कण्ठ गरेका हाफिजे कुरानअर्थात कुरान कण्ठ गरेका धार्मिक गुरुले कुरान सरीफको उच्चारण गरि नमाज पढाउने गर्छन ।

त्यसैगरि, रमजानमहिना भरिमा ५ वटा राती यस्तो हुन्छ जसलाई सबेकदरको राती भन्छि । रमजानमहिनाकै सबेकदरकै रातिपवित्र कुरान सरीफनाजिलअर्थात अकाशबाट अवतरित भएको मानिन्छ । ९२ किलोमिटर दूरीबराबरको यात्रागर्दा, महिलामहिनावारीको अवस्थाहुँदावाअन्यअवस्थामा रोजा छोड्न सकिने प्रावधान रहे पनि पछि त्रृणको रूपमा रोजा राख्नुपर्ने किंवदन्ती रहेको मुस्लिमधार्मिक गुरुहरूको भनाइ छ ।

पवित्र कुरान शरीफको दोस्रो परामाभनिएको छ, ‘ऐ इमानबलातिमीमाथि रोजाअनिर्वाय गरिएको छ, जस्तो कि तिम्राअग्रजहरूमाथिअनिवार्य गरिएको थियो, जसलाई तिमीले पनिअपनाउनुपर्ने हुन्छ ।’ त्यसैले जनकपुर १ स्थित मदरसा दारुलउलुम नुरी बरकातीका मोफ्ती मो. असरफ रजा बरकातीले भने, ‘संसारका चारवटा अकाश्यी पुस्तकहरू तोरेत, जबुर, इजिल्ल (बाइवल) र कुरान शरीफ रमजानमै अवतरित भएकाहुन् ।’

रमजानकै २७तारिखका दिन इस्लामधर्मका सबभन्दा ठूला ग्रन्थ पवित्र कुरान शरीफनाजिल (अवतरित) भएको हो । त्यसैले यो महिना मुस्लिम समुदायका लागि विशेष महत्त्व राखेको उनको भनाइ छ । उनले अगाडि भने, ‘संसारको आवश्यकताअनुसार अल्लाहले एक–एक पराको रूपमा ज्ञान पठाइरहँदा २३ वर्षपछि मात्रपवित्र कुरआनले पूर्णतापाएको थियो ।’‘यो महिनाभरि नै जनत (स्वर्ग) का सातवटै ढोका खुल्ला रहन्छन् भने जहनम (नक्र) का सबै ढोका बन्द रहन्छ,’ उनले भने । रोजा आत्मशुद्धि, त्याग र धैर्यताको प्रतीक रहेको मुस्लिमआयोगका सदस्यतथाप्रवक्ताअर्शद मिर्जा बेग बताउँछन् ।

रमजानमहिना भरि लगातार ३० दिनगरिने रोजालाई तीन पाटाहरू छन् । सुरुको १० दिनलार्ई ‘रहमत’ भनिन्छ । जसमाअल्लाहले विशेष कृपा गर्छन् भन्ने विश्वास रहिआएको छ । त्यस्तै, बीचका १० दिनलाई बरकतअर्थात् लाभ, समृद्धि उन्नतिका रूपमा लिइन्छ । यी १० दिनमाअल्लाहले आफ्नाभक्तजनको प्रर्थानाले खुसीभई भक्तजनको कारोबारमा समृद्धि, उन्नतिप्रदान गर्छ भन्ने विश्वास छ ।

त्यसैगरी, अन्तिम १० दिनलाई मगफिरत अर्थात् अल्लाहसँगमुक्तितथा मृत्युपश्चात् जनत (स्वर्ग)का लागिप्रार्थना गर्ने अवसरको रूपमा लिइन्छ । मानवजातिलाई अल्लाहले जहनम (नर्क)बाट मुक्तिदिई जनत (स्वर्ग) प्रवेश गराउँछन् भन्ने इस्लामका विभिन्नधार्मिक ग्रन्थमाउल्लेख छ ।त्यस कारण मुस्लिमहरू रमजानतथा रोजाकानियमहरूलाई विशेष पालनगर्ने गर्छन् । रमजानमा कसैलाई एक रुपैयाँदानगर्दा ७० रुपैयाँबराबरको सवाव (पुण्य) प्राप्तहुने जनविश्वास रहेको मोफ्ति रजाकले बताए ।

एक नफिलनमाज पढ्दा एक फर्ज र एक फर्ज नमाज पढ्दा ७० फर्ज नमाज पढेबराबरको पुण्य प्राप्तहुने किंवदन्ती रहेको छ । यसै महिनामा साढे साततोला सुन वा साढे ५२ तोलाचाँदीतथात्यति नै बराबरको सम्पत्तिभएको खण्डमा अनिर्वाय रूपमाजकातअर्थात् दानगर्नका लागि साढे दुई प्रतिशतका दरले रकमनिकाल्नुपर्ने हुन्छ । यसले गरिब र अशक्तहरूकालागि केही गरौँ भन्ने सन्देश दिएको छ ।

यसरी गरिब तथाअसहायलाई अनिवार्य रूपमा सहयोग गर्नुपर्ने नियममानवजातिकालागिउत्तम रहेको प्रवक्ता बेग तर्क गर्छन् । ‘कसैलाई सित्तैँमा एक सुको दिनहिचकिचाउने समान्यतमानवियप्रवृत्ति रहेको छ , तर इस्लाममा यस्तो प्रवृत्तिको कहीँ स्थान छैन,’प्रवक्ता बेग अगाडी भन्छन्,‘जकात (दान)कालागिप्रत्येक सालनिकालिने रकमगरिब,विपन्न,असहायहरूमाखर्च गर्नु पर्ने प्रवधानछ ।

‘रोजामार्फत अरुको भोकको अनुभवगर्न सकिन्छ, उनी भन्छन, ‘भोकै बस्नुपर्ने बाध्यताभएकागरिबहरूलाई आफ्नो कमाइको केहीअंश सहयोग गरेर मानवीय सहयोग, समाज कल्याण तथान्यायको कार्यमालाग्न रमजानले प्रोत्साहित गर्छ ।’

रमजानमहिनाभरि विशेष रूपमाअल्लाहप्रति समर्पित मुस्लिमहरू अल्लाहको डर तथा नैतिकताको घेराभित्रमनलाई राखेर धार्मिक तथा समाजलाई भलो हुने काममा तल्लीन हुन्छन् । आपराधिक, अश्लीलतथा समाजलाई अहित हुने कार्यहरू यो महिनामा मुस्लिम बाट हुँदैन । तर, अपराधीको कुनै जात हुँदैन, अपराधीहरू जात, धर्म, कानुनभन्दा बाहिर हुन्छन् ।

रमजानको यो विशेषताले सामाजिक विकृति न्यूनीकरण, कानुनी राज्यको सम्मान, सामाजिक विकासमा अग्रता, अपराध नियन्त्रणमा व्यापक सहयोग पुग्ने विश्वास गर्न सकिन्छ । एक महिनासम्म रोजा बसेपछि मात्र इदुलफित्र अर्थात् इर्द पर्व मनाइन्छ ।

इर्दको नमाज पढ्नुभन्दापूर्व रोजामाभएको टुटी वा रोजालाई शुद्धीकरणका लागिप्रतिव्यक्ति २ किलो ४५ ग्राम गहुँ वा त्यति बराबरको रकम परिवारका सबै सदस्यहरूले अनिर्वाय रूपमा मदरसा तथा गरिबमा दान गर्नुपर्छ । यस्तो परम्पराले निश्चित रूपमा समाजमा राम्रो सन्देश दिएको हुनुपर्छ । रमजानले हामीलाई मानव कल्यण र मानव करुणको अनुभुति गराउँछन् । सबै धर्ममा यस्ता राम्रापक्ष हुन्छन् । त्यस कारण धर्महरूका राम्रापक्षलाई जगेर्ना र त्यसको विकासका लागि पहल गर्नु आजको आवश्यकताहो ।

सम्बन्धित खबर